सबैलाई मिलाएर अघि बढ्छु: सापकोटा « Khabarhub

सबैलाई मिलाएर अघि बढ्छु: सापकोटा


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनिर्वाचित सभामुख अग्नि सापकोटाले सबैलाई मिलाएर अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।

आइतवार(आज) बसेको प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुखमा निर्वाचित भएपछि सापकोटाले आफूले संसदमा रहेका सबै दललाई मिलाएर लैजाने प्रतिक्रिया दिए ।

‘मैले यो पक्ष त्यो पक्ष वा यो दल त्यो दल भनेर अघि बढ्ने छैन’ नवनिर्वाचित सभामुख सापकोटाले भने,‘सबैलाई मिलाएर अघि बढ्ने छु ।’

संसदमा सबैलाई मिलाएर लैजाने जिम्मेवारी अग्नि सापकोटाबाट बहन हुन्छ भन्ने विश्वासका साथ उनलाई सभामुखका रुपमा प्रस्ताव गरेको नेकपाको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका थिए ।

संसदमा आफ्ना धारणा राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नेता मिनेन्द्र रिजालले सापकोटाको नाम नलिई आम नागरिकले शंकाको कुरा गरेको भन्दै त्यसलाई शान्त पार्न उनले सक्छन् कि सक्दैनन् भन्ने भोलिका दिनमा व्यवहारल देखाउने बताएका थिए ।

नवनिर्वाचित सभामुख सापकोटाको पद तथा गोपनीयताको सपथ भोलि गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ४ : ५३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल