सैनिक जवानको भुइँमा खसेको ‘क्याप’ लगाइदिएपछि पुटिनको प्रसंशा « Khabarhub

सैनिक जवानको भुइँमा खसेको ‘क्याप’ लगाइदिएपछि पुटिनको प्रसंशा


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सम्मानमा खटिएका एक जना सैनिकको भुइँमा खसेको क्याप टिपेर लगाइदिएपछि सामाजिक सञ्जालमा उनको प्रस‌ंशा भएको छ ।

राष्ट्रपति पुटिनले सैनिक जवानको क्याप टिपेर लगाइदिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

राष्ट्रपति पुटिन गत शनिबार प्यालेष्टाइनको भ्रमणमा थिए । उनलाई देशका महत्त्वपूर्ण अतिथिको रुपमा सम्मान दिइँदै थियो ।

कार्यक्रममा प्यालेष्टाइनी सहर बेथलेहममा भइरहेको थियो । गार्ड अफ अनर्स सुरु हुनुभन्दा अघि त्यहाँ खटिएका एक सैनिक जवानको क्याप भुईंमा खस्यो । समारोह शुरु भइसकेकाले सैनिकले क्याप टिप्न निउरिन अवस्था थिएन ।

पुटनअघि पुगिस्कदा पनि क्याप उनी हिँडिरहेको रेड कार्पेटकै छेउमा खसेको थियो । पुटिनले त्यो देखेपछि प्रोटोकल तोडेर क्यापलाई उठाएर जवानलाई लगाइदिए र ‘थम्ब्स अप’ गरे ।

समाजिक सञ्जालमा पुटिनको यो कदमको मानिसहरुले प्रसंशा गरिरहेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ७ : ०० बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा