इसेवा ११ औँ वर्षमा प्रवेश « Khabarhub

इसेवा ११ औँ वर्षमा प्रवेश


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडि सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ ।

सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवामा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको इसेवाले जनाएको छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्रका निर्माण गर्ने सरकारको अभियानमा ठूलो योगदान दिन सफल भएको कम्पनीले जनाएको छ ।

हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको जनाइएको छ । इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेको इसेवाले जनाएको छ ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले एक दशक निकै उत्साहजनक रहेको बताए ।

कुराकानीका लागि मात्र सीमित मोबाइललाई वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौँ, उनले भने, आगामी दिनमा आम जनजीवनलाई सहज बनाउने खालका थप सेवा दिँदै जानेछौं । इसेवामा ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १ : ४७ बजे

तीन वर्षीया बालिका गरिमा चौधरी हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक