महिला रोबोट अन्तरिक्षमा पठाउँदै भारत | Khabarhub Khabarhub

महिला रोबोट अन्तरिक्षमा पठाउँदै भारत


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले आफ्नो पहिलो ह्युमोयड (मानिसजस्तै देखिने रोबोट) को पहिलो प्रोटोटाइप पेश गरेको छ । यस रोबोटको नाम व्योममित्र राखिएको छ ।

डिसेम्वर २०२१ मा पठाइने मानव अन्तरिक्ष मिशनमा व्योममित्रले पुरुष अन्तरिक्षयात्रिलाई सहयोग गर्नेछिन्।

गगनयान प्रोग्राम अन्तर्गत व्योममित्रलाई यस वर्षको अन्त्यमा र आउदो वर्ष पनि मानव रहित मिसनमा पठाइने छ ।

बेंगलोरमा यसै हप्ता भएको मानव अन्तरिक्षयान र अन्वेषणः वर्तमान चुनौतीहरु र भविष्यको प्रवृत्ति विषयक ३ दिने अन्तर्राष्ट्रिय गोष्ठिमा व्योममित्रलाई सार्वजनिक गरिएको थियो । जुन कार्यक्रमको सबैभन्दा आकर्षक प्रस्तुती रहेको थियो ।

कार्यक्रममा उपस्थित मानिसहरु व्योममित्रले आफ्नो परिचय आफैंले दिएकोमा अचम्मित भएका थिए ।

रोबोटले सबैलाई मेरो नमस्कार, म व्योममित्र हुँ र मलाई अर्ध मानव रोबोटको नमुनाको रुपमा पहिलो मानवरहित गगनयान मिशनको लागि बनाइएको हो भनेर आफ्नो परिचय दिएको थियो । रोबर्टले आफू पूरा यानको मापदण्डलाई निगरानीमा राखेर अरुलाई सचेत गराउने र स्विच प्यानलको संचालन सहित विभिन्न काम गर्न सक्ने बताएको थियो ।

अन्तरिक्ष केन्द्रले हाल देखाईएको प्रोटोटाइपमा थप काम गरिरहेको जानकारी दिएको छ । यो अल्गाेरिदम लजिकमा आधारित रहेर तयार पारिएकोहो ।

भारतले डिसेम्वर २०२१ मा मानव मिसनलाई अन्तरिक्षमा पठाउनु पहिले इसरोले दुई मानवरहित मिसन डिसेम्बर २०२० र जुन २०२१ मा अन्तरिक्षमा पठाउने छ । बीबीसीबाट

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : ०४ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको