विप्लव बन्द : दिनभर के देखियो काठमाडौंमा ? (फोटो फिचर) « Khabarhub

विप्लव बन्द : दिनभर के देखियो काठमाडौंमा ? (फोटो फिचर)


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि प्रतिबन्ध लगाएपछि विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव पर्‍यो ।

मुलुकका अन्य केही जिल्लामा शंकास्पद वस्तु भेटिने र आगजनीका छिटपुट घटना घटेपनि काठमाडौंमा भने खासै प्रभाव परेन ।

पूर्व घोषित कार्यक्रम अनुसार विप्लव नेकपाले विहीबार नेपाल बन्द गरेको हो । तर मंगलबार सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि बन्दको असर ठूलै पर्ने आकलन सर्वसाधारणले गरेका थिए ।

विहीबार विहान आंशिक मात्रामा सवारी साधन चलेपनि दिउँसो भने निर्वाध चलेका थिए । तर, सामान्य दिनभन्दा केही कम मात्रामा देखिए । गन्तव्यमा पुग्ने यात्रुका लागि यात्रा केही असहज बनेपनि सडक खाली हुँदा जामको सास्तीबाट भने उनीहरुले छुटकारा पाए ।

बन्दलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था भने कडा बनाइएको थियो । चोक चोकमा प्रहरीको तैनाथी थियो ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ६ : ३७ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार