सभामुखलाई प्रधानमन्त्रीभन्दा पनि माथि राख्नुपर्छ– डा. भट्टराई | Khabarhub Khabarhub

सभामुखलाई प्रधानमन्त्रीभन्दा पनि माथि राख्नुपर्छ– डा. भट्टराई


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय संसद साना तिना बहसमा अल्झिएको भन्दै नवनिर्वाचित सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले संसदमा गम्भीर बहस नै नभएको भन्दै आगामी दिनमा त्यसको शुरुवात हुने अपेक्षा रहेको बताए ।

‘संसद भनेको मुलतः प्रतिपक्षकै हो । विश्वका धेरै देशको संसद सञ्चालन भएको देखेको छु । त्यहाँका सभामुखले प्रतिपक्षको आवजलाई प्राथमिकता दिएको छ । तर हामी गम्भिर बहशमा सहभागी हुँदैनौं । झिनामसिना विषयमा सदन अलमलिएको छ,’ डा. भट्टराईले भने, ‘त्यसैले राष्ट्रिय मुद्धामा जति सदन जिवन्त हुनुपपर्थ्यो । त्यति हुन सकेको छैन ।’

डा. भट्टराईले अमेरिकाले अनुदानका रुपमा प्रदान गर्न लागेको सहयोग सन्भर्दमा भएको एमसीसी सम्झौताको विषयमा समेत सदनमा गम्भीर बहस हुनुपर्नेमा जोड दिएका छन् ।

‘अहिले एमसीसीका विषयमा जसरी छलफल भएको छ, राष्ट्रिय एजेण्डा रुपमा हैन, पार्टीको गुटका आधारमा छलफल, बहश भइरहेको छ, यो गलत हो,’ डा. भट्टराईले भने ।

पूर्व प्रधानमन्त्री भट्टराईले संघीय संसदको सभामुख पदलाई वरियताको आधारमा प्रधानन्यायाधीशभन्दा पनि तल राखेको भन्दै आपत्ति जनाए ।

‘हामी सबैले जनप्रतिनिधिसभालाई उच्च स्थानमा राख्ने गरेको भए पनि राज्यका तीन अंगहरुको स्थान उदारवादी लोकतन्त्रले आफ्नो उदारता भुल्दै गयो, समाजवादी लोकतन्त्रले पनि लोकतन्त्रका कतिपय विषय छाड्दै गयो । प्रतिनिधिसभाको स्थान अलि तल परेको हामीलाई अनुभूत हुन्छ,’ डा. भट्टराईले भने, ‘राज्यको प्रमुख राष्ट्रपति, उपराष्ट्रपति पछि सभामुख उच्च स्थानमा हुनुपर्छ । तर हामीले प्रधानमन्त्रीलाई माथि राख्यौं । तर, अहिले प्रधानन्यायाधीश, जसले संसदले बनाउने कानूनको व्याख्या गर्छ, उसलाई सभामुखभन्दा माथि राखिएको छ । यसमा सभामुखको ध्याना जाओस् ।’

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ३ : १० बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम