आईटीमा हुने खर्च बढ्दो, यो बर्ष ३ खर्ब ९० अर्ब डलर खर्च हुँदै « Khabarhub

आईटीमा हुने खर्च बढ्दो, यो बर्ष ३ खर्ब ९० अर्ब डलर खर्च हुँदै


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आईटी क्षेत्रमा लगानी बढ्दै गएको छ । सन् २०२० मा विश्वभर आईटी क्षेत्रमा करिब ३.९ खर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।

यो गत वर्षको तुलनामा ३.४ प्रतिशतको वार्षिक वृद्धि हो । सन् २०२० यो बृद्धिसँगै ३.९ खर्ब डलर पुग्ने प्रक्षेपण गार्टनरले गरेको छ ।

गार्टनरका  अनुसार अर्को वर्षमा भने विश्व बजारमा आईटीमा हुने खर्च ४ खर्ब डलर पुग्ने अनुमान छ । यदपी राजनीतिक अनिश्चितताले गर्दा विश्व अर्थतन्त्र मन्दी पुगेकाले चुनौती समेत रहेको छ।

यो वर्ष आईटी व्यवसायमा सफ्टवेयर तीब्र गतिमा बढिरहेको बजार हुनेछ । यसको वृद्धिदर पनि दोब्बर अंकमा पुग्दै १०.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

अधिकांश इन्टरप्राइजेस सफ्टवेयरका साथमा अधिकांश बजार हिस्सालाई सफ्टवेयरलाई सेवाको रुपमा स्विकारोक्तिले बढाउने गार्टनरका रिसर्च भाइस प्रेसिडेन्ट डेभिड लभलकले बताएका छन ।

सन् २०२० सम्ममा क्लाउडका लागि हुने इन्टरप्राइजेज आईटी खर्च परम्परागत भन्दा तीब्र गतिले वृद्धि हुने गार्टनरको ठहर छ ।

क्लाउड प्रतिको लगावले गर्दा संस्थाहरुले गर्ने उच्च आईटी क्षेत्रको खर्चमध्ये क्लाउडमा हुनेछ । जसलाई नयाँ पुस्ताको अभिरुचीको प्रतिफल समेत भनिएको छ ।

 

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : ०६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब