पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।
पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए । २५ बल खेल्दा उनले एक छक्का र चार चौका हिर्काए । माहेन्दी हसनले ३२ रन बनाए । उनले २१ बलमा चार चौका र एक छक्काको मद्दतमा ३२ रन जोडेका हुन् ।

कप्तान कुशल भुर्तेलले २१ रन जोड्दा दुई चौका हिर्काए । शाकिब अल हसन १६ बलमा १४ रन बनाउँदा आउट भए भने धनञ्जय लक्षण १६ बल खेलेर ११ रन बनाउँदा रन आउट भए । सदिरा समरविक्रमा ८ र ओपनर दिनेश खरेल ४ रनमा आउट भएका छन् ।
सुदूरपश्चिमका लागि कसिलो बलिङ गर्दै अनिल खरेलले तीन विकेट हात पारे । उनले २३ रन खर्चिए । चार ओभर बलिङ गर्दै कप्तान दिपेन्द्रसिंह ऐरीले २१ रन खर्चिएर एक विकेट हात पारे । उसका लागि हेमन्त धामी, स्कट कुगलेइनले एकएक विकेट लिए । केही बेरमा सुदूरले जबाफी ब्याटिङ गर्दै छ ।
टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा
श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित
नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि बढाउन खोजिएको भन्दै पशुपति क्षेत्र विकास कोषका कर्मचारी आन्दोलित भएका छन्। उनीहरूले लामो समयदेखि कार्यरत कर्मचारीको स्थायी व्यवस्थापन गरेपछि मात्रै नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका छन्।
कर्मचारीहरूले एकपटकका लागि विशेष पदपूर्ति समिति गठन गरी वर्षौँदेखि सेवा गर्दै आएका कर्मचारीको सेवा सुनिश्चित गर्नुपर्ने माग गरेका हुन्।

कर्मचारीहरूका अनुसार कोषमा २०४५, २०६८ र २०७२ सालका नियमावली तथा सम्बन्धित व्यवस्थाअनुसार नियुक्त भएका कर्मचारी दुई दशकभन्दा लामो समयदेखि सेवा गर्दै आएका छन्। पटकपटक म्याद थपेर अस्थायी अवस्थामै राखिएका उनीहरूलाई अहिले २०८३ सालको नयाँ नियमावलीका आधारमा खुला प्रतिस्पर्धामा सहभागी गराउने प्रक्रिया अघि बढाउन खोजिएपछि रोजगारी र भविष्य अन्योलमा परेको कर्मचारीको भनाइ छ।
कोषअन्तर्गतका भण्डारी, ब्राह्मण, अधिकृत, कार्यालय सहयोगीलगायत विभिन्न तहका कर्मचारी तथा नेपाल वेदविद्याश्रमका शिक्षक र कर्मचारीसमेत यसबाट प्रभावित हुने उनीहरूको चिन्ता छ।
चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता
स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय
नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द
राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस
राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही गर्न सिफारिस गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा कारबाहीका लागि सिफारिस गरिएको हो ।

रास्वपा सचिवालयका अनुसार तीनै जना कर्मचारी काठमाडौंका हुन् । तर, उनीहरू कार्यरत संस्थान र नाम भने सार्वजनिक गरिएको छैन ।
सार्वजनिक संस्थामा कार्यरत कर्मचारीले राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा पार्टीमा उजुरी परेको थियो ।
सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक
गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र
सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य
कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी
बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट
जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा
जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै
विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका छन् ।
बुधबार पार्टी कार्यालय च्यासलमा मनोनित केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा। पुष्पा के।सी। भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराउदै अध्यक्ष ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेकाले मानसिक रूपमा तयार रहन नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे ।

उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्ने बताए । कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक र अनुशासित ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
त्यस्तै अध्यक्ष ओलीले देशमा आतङ्क फैलाउने, र विना बर्दीका प्रहरी प्रयोग गरी बलजप्ती र गिरफ्तारी गर्ने जस्ता अराजक काम गरिरहेको आरोप लगाए ।
मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन : अध्यक्ष ओली
स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी
स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन
शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन
जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ
चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम
चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११ (बुधबार) देखि १५ गतेसम्म नेपालका प्रमुख नदी तथा जलाधार क्षेत्रमा वर्षा भई नदीको जलसतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले बुधबार सार्वजनिक गरेको बाढी तथा अन्य जलजन्य जोखिम आकलनअनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदीका जलाधार तथा आसपासका क्षेत्रमा वर्षा हुन सक्ने देखिएको छ ।

महाशाखाका अनुसार बुधबार देशभरका प्रमुख नदीमा जलसतह सामान्य अवस्थामा रहनेछ । कात्तिक १२ गते नारायणी, कोशी, बागमती, कमला, कन्काईलगायत नदी तथा जलाधारमा जलसतह सामान्य बढ्न सक्ने र बाढीको जोखिम न्यून रहने अनुमान छ ।
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै
शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी
अब काठमाडौं उपत्यकाबाटै सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने
प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह
भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै
निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी
अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाही हुन सक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ ।
‘द वाल स्ट्रिट जर्नल’ ले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै बुधबार प्रकाशित गरेको समाचारअनुसार अमेरिका र इजरायल इरानविरुद्ध अर्को चरणको ठूलो सैन्य कारबाहीको तयारीमा जुटेका छन् ।

समाचारमा उल्लेख भएअनुसार मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले गोलाबारुदको भण्डार पुनः भरिरहेका छन् भने बमवर्षक र लडाकु विमानलाई सम्भावित आक्रमणका लागि तयारी अवस्थामा राखिएको छ । इजरायलले पनि नयाँ आक्रमणको योजना बनाउँदै सम्भावित लक्ष्यहरू पहिचान गरिसकेको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने अन्तिम निर्णय भने गरिसकेका छैनन् । यद्यपि, इरानका पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी ठूलो आक्रमण गर्ने योजनातर्फ अमेरिका अघि बढिरहेको समाचारमा उल्लेख छ ।
स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी
ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?
इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा
भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी
फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने
पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान














प्रतिक्रिया