भक्तपुरबाट ३ पाकेटमार पक्राउ | Khabarhub Khabarhub

भक्तपुरबाट ३ पाकेटमार पक्राउ


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई ११ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ का २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ का २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ का २० वर्षीय रुविन कठायत रहेका छन् ।

उनिहरु ललितपुरका विभिन्न स्थानमा बसेर पाकेट मार्न संलग्न रहँदै आएका थिए ।  मध्यपुर ठिमी नगरपालिका – ९ राधेराधेमा काठमाडौँबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पाकेट मारी भाग्दै गर्दा उनिहरु पक्राउ परेका हुन ।

उनिहरु मङ्गलबार नै चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप गरी मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : ४२ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन

आज २०८२ साल साउन १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन

चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे

घर भत्किँदा किचिएर बालकको मृत्यु

सर्लाही – यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर