शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित | Khabarhub Khabarhub

शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यमा मनोनित भएकी छन् ।

मंगलबार बसेको नेकपा सचिवालयले बैठकले तुम्बाहाङफेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

बुधबारदेखि शुरु हुन लागेको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा नेकपाले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

नेकपा केन्द्रीय कमिटीको बैठक बुधबार बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा शुरु हुने कार्यक्रम छ ।

यद्यपि बैठकको बन्द सत्र भने बुधबार दिउँसो ३ बजेदेखि शुरु हुने जनाइएको छ ।

तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य रहेकी तुम्बाहाङफेले उपसभामुख निर्वाचित भएपछि संवैधानिक प्रावधानअनुसार दलीय आवद्धता त्योगेकी थिइन् ।

तुम्बाहाङफेले नेकपाकै आग्रहअनुसार उपसभामुखबाट राजीनामा दिएकी हुन् ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ९ : ५७ बजे

सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना

काठमाडौँ- खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल

भारतीय र नेपाली मेकर मिलेर फिल्म ‘मोना लिसा’ बनाउने

काठमाडौं – भारतीय र नेपाली मेकरहरु मिलेर फिल्म ‘मोना लिसा

नायक विजय बरालाई पुत्री लाभ

काठमाडौं – नायक विजय बरालको दम्पतीलाई दोस्रो सन्तानको रुपमा पुत्री

चार दिनदेखि भादगाउँ–खिरखादी खानेपानी अवरुद्व

तनहुँ– व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध

इन्डोनेसिया र युरोपेली सङ्घबीच ऐतिहासिक व्यापार सम्झौता

एजेन्सी– झण्डै एक दशक लामो वार्तापछि इन्डोनेसिया र युरोपेली सङ्घबीचको