शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित « Khabarhub

शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यमा मनोनित भएकी छन् ।

मंगलबार बसेको नेकपा सचिवालयले बैठकले तुम्बाहाङफेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

बुधबारदेखि शुरु हुन लागेको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा नेकपाले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

नेकपा केन्द्रीय कमिटीको बैठक बुधबार बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा शुरु हुने कार्यक्रम छ ।

यद्यपि बैठकको बन्द सत्र भने बुधबार दिउँसो ३ बजेदेखि शुरु हुने जनाइएको छ ।

तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य रहेकी तुम्बाहाङफेले उपसभामुख निर्वाचित भएपछि संवैधानिक प्रावधानअनुसार दलीय आवद्धता त्योगेकी थिइन् ।

तुम्बाहाङफेले नेकपाकै आग्रहअनुसार उपसभामुखबाट राजीनामा दिएकी हुन् ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ९ : ५७ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि