राप्रपा अध्यक्ष थापाको प्रतिवेदन अनुमोदन « Khabarhub

राप्रपा अध्यक्ष थापाको प्रतिवेदन अनुमोदन


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक राजनीतिक परिस्थिति र भावी कार्य दिशा सम्बन्धी ६ बुँदे प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरेको छ ।

उक्त प्रतिवेदन माघ १७ गतेदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा पेश गरिने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महामन्त्री भास्कर भद्राद्वारा सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालद्वारा बैठकमा आर्थिक प्रतिवेदन पेश भएको थियो ।

अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा पार्टीको आगामी मुख्य कार्यक्रमका रुपमा केन्द्रीय महाधिवेशन हुने उल्लेख गरिएको छ ।

उक्त महाधिवेशनका सम्बन्धमा उपाध्यक्ष तोरणबहादुर गुरुङद्धारा पेश भएको साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित अनुमोदन गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : १५ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया