मानव बेचबिखनको आरोपमा दक्षिणकाली नगरपालिकाका वडाध्यक्ष पक्राउ « Khabarhub

मानव बेचबिखनको आरोपमा दक्षिणकाली नगरपालिकाका वडाध्यक्ष पक्राउ


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनप्रतिनिधि नै मानव बेचबिखनको आरोपित भन्दा पत्याउनुहुन्छ ? सामान्यताः जो कोहिले यस्तो आरोपको कल्पना समेत गर्न सक्दैनन् ।

तर काठमाडौंस्थित काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कालाई भने प्रहरीले मानव बेचबिखन आरोपमा पक्राउ गरेको छ । उनिसँगै अरु २ जना पनि पक्राउ परेका छन ।

महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको टोलीले खड्कासँगै बिज्रगोपाल श्रेष्ठ र नवल ठाकुरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको खुलेको छ ।

एक महिलाले देहव्यापार गरेको उजुरी दिएपछि प्रहरीले सानेपाको एक होटलमा छापा मारेर गत शुक्रबार उनिहरुलाई नियन्त्रणमा लिएको ललितपुरका प्रहरी उपरिक्षक टेकप्रसाद राईले जानकारी दिए ।

पक्राउ परेका ठाकुर भारत मोतिहारीका हुन् भने श्रेष्ठ काठमाडौं महानगरपालिका १६ का बासिन्दा हुन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : ३८ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई