पूर्वमन्त्रीका स्वकीय सचिवको साउनामा निस्सासिएर मृत्यु « Khabarhub

पूर्वमन्त्रीका स्वकीय सचिवको साउनामा निस्सासिएर मृत्यु


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको फिट एण्ड फाइन जिमखानास्थित साउनामा वाफ लिन गएका एक दम्पत्तिको मृत्यु भएको छ ।

जीम सेन्टरमा साउना (तातो पानीको वाफ लिने स्थानमा) मा निसास्सिएर पूर्व मन्त्री तथा नेकपा नेतृ थममाया थापाका स्वकीय सचिव दम्पत्तिको मृत्यु भएको हो ।

बुधवार राति ललितपुरको सातदोवाटोस्थित फिट एण्ड फाइन जिम सेन्टरमा जीम गरेर स्टीम वाथ का लागि कोठामा छिरेका हस्तकुमार गर्वुजामगर र उनकी श्रीमती नेत्रकुमारी पुनको निधन भएको ललितपुर प्रहरीका एसपी दुर्गा सिंहले जानकारी दिए ।

गर्वुजामगर थममाया थापामन्त्री हुदा स्वकीय सचिव थिए ।

साउना लिने क्रममा लामो समयसम्म ननिस्किएपछि खोजखबर हुँदा उनीहरू भित्रै बेहोस भेटिएका थिए । बेहोस अवस्थामा रहेका उनीहरुलाई अस्पताल नपुर्याउँदै मृत्यु भएको एसपी सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ११ : ५२ बजे

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका

तीन दल नमिल्ने गगनको अडानपछि प्रदेशको सत्ता भागबन्डानजिक एमाले-नेकपा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला इतिहासकै चुनौतीपूर्ण मोडमा छ। विभिन्न

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा

दोलखामा पहिरो : सात घर बगाउँदा एकजना बेपत्ता, २४ परिवार उच्च जोखिममा

दोलखा– उत्तरी भेगस्थित गौरीशंकर गाउँपालिका साउनको पहिलो सातामै बाढी–पहिरोको ठूलो