राजीव ढुंगाना नेविसंघ तदर्थ समितिको अध्यक्ष « Khabarhub

राजीव ढुंगाना नेविसंघ तदर्थ समितिको अध्यक्ष


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ —  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावी मिति घोषणा गरेपछि नेपाली कांग्रेसले निष्क्रिय अवस्थामा रहेको नेविसंघ तदर्थ समितिको अध्यक्षमा राजिव ढुंगानालाई मनोनयन गरेको छ ।

कांग्रेस शीर्ष नेताहरुबीच गत शुक्रबार भएको सहमतिअनुसार सुनसरीका स्थायी बासिन्दा ढुंगानालाई आज सभापति शेरबहादुर देउवाले अध्यक्षमा मनोनीत गरेका हुन् ।

देउवाले काठमाडौंका मनोज वैद्य  र पाल्पाकी महेश्वरी कुँवरलाई नेविसंघको महामन्त्रीमा मनोनीत गरेका छन । नेविसंघको तदर्थ समिति १ सय २७ सदस्यीय बनाउने सहमति छ।

संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन पनि चाँडै हुने कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नवगठित तदर्थ समितिले मनोनीत भएको मितिले ६ महिनाभित्र नेविसंघको १२ औं केन्द्रीय अधिवेशन गराउनु पर्नेछ । अर्कातर्फ त्रिविले आगामी फागुन १४ गतेका लागि स्ववियू चुनावको मिति सार्वजनिक गरेकाले त्यसको तयारीमा समेत जुट्नु पर्नेछ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १ : ०६ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले