नेकपा बैठक : समूहगत छलफलका लागि छानिए १५ टोलीका नेता « Khabarhub

नेकपा बैठक : समूहगत छलफलका लागि छानिए १५ टोलीका नेता


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार(हिजो) बाट शुरु भएको सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटी बैठकमा आज बिहीवार समूहगत छलफल जारी रहेको छ ।

पार्टी कार्यालय धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा समूहगत छलफल जारी रहेको हो । बुधवारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल समूहगत रुपमा हुने भएको हो । जसका लागि १५ वटा समूह बनाइएको छ ।

प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ । बर्णानुक्रम अनुसार २९ जना सदस्यलाई एउटा समूहमा राखेर छलफल चलाइएको छ । छलफलका निर्कष टोली नेताले केन्द्रीय समितिको बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ ।

त्यसका लागि समूहमा टोली नेताको चयन थालिएको छ । जसमध्ये अधिकांश जसो समूहले टोली नेताको चयन गरेका छन्  ।  २ नम्बर समूहमा टोली नेताको चयनका लागि मतदान नै हुने तयारी भएको बेलामा अन्त्यमा सहमति जुटेको छ ।

कुन समूहको टोली नेता को छानिए ?

१ नम्वर टोलीको नेता–उर्मिला अर्याल र आनन्द पोखरेल

२ नम्बरको टोली नेता– कमला रोका

३ नम्बर टोलीको नेता– खिमलाल भट्टराई

४ नम्बर टोलीको नेता– जगन्नाथ खतिवडा

५ नम्बर टोलीको नेता– ठाकुर गैरे

६ नम्बर टोलीको नेता–दिनानाथ शर्मा

७ नम्बर टोलीको नेता– पूर्णकुमारी सुवेदी

८ नम्बर टोलीको नेता– बिन्दा पाण्डे

९ नम्बर टोलीको नेता– भगवती चौधरी

१० नम्बर टोलीको नेता– युवराज ज्ञवाली

११ नम्बर टोलीको नेता– राजेन्द्र राई

१२ नम्बर टोलीको नेता –रेणु दाहाल

१३ नम्बर टोलीको नेता– लेखनाथ न्यौपाने

१४ नम्बर टोलीको नेता –राम कार्की

१५ नम्बर टोलीको नेता– हिमाल शर्मा

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  २ : ५४ बजे

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग

काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला

व्यायाम : समय नभएको की प्राथमिकतामा नपरेको ?

काठमाडौं– आजकाल धेरै मानिसहरू ‘समय छैन’ भन्ने गुनासो गरिरहेका भेटिन्छन्

कारबाहीमा परे पीआर लिएका दुई अधिकृत, सरकारी सेवामा अयोग्य हुने गरि निकालिँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

विद्यार्थीको नारा : ज्ञानमा ताल्चा हानेर देश बन्छ ? (तस्बिरहरू)

काठमाडौं– बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय