पत्रकारको ‘लाइसेन्स जाँच’ प्रावधान हटाउन महासंघको माग « Khabarhub

पत्रकारको ‘लाइसेन्स जाँच’ प्रावधान हटाउन महासंघको माग


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौं- नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकमा रहेको पत्रकार बन्न लाइसेन्सको जाँच लिने प्रावधान हटाउन माग गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरी महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी रहेको जनाएको छ ।

महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याएर मात्र विधेयक प्रतिनिधिसभामा पठाउन राष्ट्रियसभासँग माग गरेको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएपछि महासंघले त्यसको विरोध जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘विधेयक यही स्वरुपमा पारित भए संविधानको मूल मर्म, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र अन्तर्राष्ट्रिय मान्यता विपरीत गठन हुने मिडिया काउन्सिललाई स्वीकार गर्न महासंघ र सञ्चार क्षेत्र बाध्य हुने छैन।’

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : ०० बजे

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा

लागूऔषधसहित दुईजना पक्राउ

जनकपुरधाम– धनुषाको मिथिला नगरपालिका–६ स्थित बसहीखोला नजिकै आज प्रहरीले हवाई

सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह

विराटनगर– कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र

सीमा अनुगमनका लागि विशेष संयन्त्र बनाइँदै : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको नियमित अनुगमन र निरिक्षणका