नेपालका लागि भारतीय राजदूतमा क्वात्र नियुक्त « Khabarhub

नेपालका लागि भारतीय राजदूतमा क्वात्र नियुक्त


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि भारतीय राजदूतमा विनयमोहन क्वात्र नियुक्त भएका छन् । उनी राजदूतमा नियुक्त भएको काठमाडाै‌स्थित भारतीय दूतावासले पुष्टि गरेको हो ।

दूतावासले ट्वीटरमा लेखेको छ– ‘हाल फ्रान्सका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई नेपालका आगामी भारतीय राजदूतको रुपमा गरिएकाे नियुक्तिकाे दूतावास स्वागत गर्दछ ।’

यसअघिका राजदूत मन्जीभ सिंह पुरीले आफ्नो कार्यकाल पूरा गरी हालै स्वदेश फर्केपछि भारतले नयाँ राजदूत नियुक्त गरेको हो।

को हुन् क्वात्र ?

नेपालका लागि भारतीय राजदूतमा नियुक्त भएका  क्वात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वासपात्र कुटनीतिज्ञका रुपमा चिनिन्छन् ।

सन् १९८८ मा भारतीय विदेश सेवा (आईएफएस)मार्फत सेवा प्रवेश गरेका क्वात्र सन् १९९३ सम्म भारतीय स्थायी नियोग जेनेभामा कार्यरत थिए ।

फ्रेञ्च, अंग्रेजी, रुसी र हिन्दी भाषामा धाराप्रवाह क्षमता भएका यी कुटनीतिज्ञको संयुक्त राष्ट्र संघीय विभिन्न एजेन्सीहरु लगायत मानव अधिकार आयोगको समेत कार्यानुभव छ ।

विज्ञानमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा गरेका उनले सन् १९९३ देखि २००३ सम्म संयुक्त राष्ट्र संघमा भारतका लागि डेक्स अफिसर तथा दक्षिण अफ्रिका र उज्वेकिस्तानस्थित भारतीय कुटनीतिक नियोगमा कार्यरत थिए ।

सन २००३ देखि २००६ सम्म क्वात्र चीनमा डपुटी चिफ अफ मिशनका रुपमा कार्यरत थिए । सन् २००६ देखि २०१० सम्म यी कुटनीतिज्ञले काठमाडौंस्थित सार्क सचिवालयमा व्यापार, अर्थतन्त्र र वित्त व्युरोमा प्रमुखका रुपमा सेवा गरेका थिए ।

सन् २०१० देखि २०१३ सम्म उनी संंयुक्त राज्य अमेरिकास्थित भारतीय नियोगमा वाणिज्यदूतका रुपमा कार्यरत थिए । उनी सन् २०१३ देखि २०१५ सम्म भारतीय विदेश मामिला मन्त्रालयमा नीति, योजना तथा अनुसन्धान विभागका प्रमुख थिए । त्यहाँ रहँदा उनले अमेरिका महाद्धिप हेर्ने डेस्कको पनि नेतृत्व गरेका थिए ।

सन् २०१५ देखि २०१७ सम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कोर टिमका रुपमा उनले सहसचिवको हैसियतमा प्रधानमन्त्री कार्यालयमा सेवा गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ६ : ५५ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक