हुम्लामा फैलिएको 'मौसमी फ्लु'को प्रकोप नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

हुम्लामा फैलिएको ‘मौसमी फ्लु’को प्रकोप नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कर्णाली प्रदेशको हुम्लामा देखिएको मौसमी रुघाखोकी (फ्लु) प्रकोप नियन्त्रणका साथै प्रभावित व्यक्तिको उपचारका लागि विशेष व्यवस्था गर्न तीनै तहका सरकार माग गरेको छ ।

काँग्रेस संसदीय दलको कार्यालयले आज एक विज्ञप्तिमार्फत सो क्षेत्रमा पर्याप्त औषधि तथा स्वास्थ्यकर्मी परिचालन गर्नका लागि सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको हो ।

कर्णाली प्रदेशको हुम्लामा केही समय अघिदेखि देखिएको मौसमी रुघाखोकी (फ्लु) का कारण एक दर्जनभन्दा बढीले अकालमा नै ज्यान गुमाउनु परेको छ ।

विकट क्षेत्रमा फैलिएको फ्लु नियन्त्रण नभएका कारण र सो फ्लुबाट प्रभावित व्यक्तिको समयमै उचित उपचार नहुँदा हुम्लावासीले ज्यान गुमाउन परिरहेको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ९ : ४५ बजे

जलेश्वर अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

जलेश्वर– जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको

मुस्ताङको ठिनी खोलामा मोटरेबल पुल बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी

आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

नेप्सेका अध्यक्ष पौडेल सचिवमा बढुवा 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष शोभाकान्त पौडेल सचिवमा बढुवा

रञ्जिता–रेशम द्वन्द्व : नाउपामा मन्त्रीको नाम टुङ्गो लगाउन सकस

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) राजनीतिक दल हो, वा पारिवारिक सङ्गठन