संसदलाई जनपक्षीय बनाउन भगीरथ प्रयत्न गर्छुः सभामुख सापकोटा « Khabarhub

संसदलाई जनपक्षीय बनाउन भगीरथ प्रयत्न गर्छुः सभामुख सापकोटा


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्लाई बढीभन्दा बढी पारदर्शी र जनताको पक्षमा बनाउन आफूले भगीरथ प्रयत्न गर्ने बताएका छन् ।

विहीबार कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनलाई जीवन्त एवम् जनताप्रति जवाफदेही बनाउन आफूले विशेष ध्यान केन्द्रित गर्ने बताएका हुन् । उनले लोकतन्त्रको विस्तार तथा विकासका लागि आफू प्रतिबद्ध भएर लागिपर्ने उल्लेख गरे ।

राष्ट्रिय विषयमा सदनमा जे जति मात्रामा गम्भीर भएर जीवन्त छलफल गर्न सकियो, उत्ति नै राम्रो प्रलिफल प्राप्त हुने र लोकतन्त्रको विकासमा योगदान पुग्नेमा आफू प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

उनले सञ्चारकर्मीलाई सहज रुपमा सदन तथा संसदीय समितिको समाचार संकलन गर्ने तथा सूचना लिने कार्यमा सहज वातावरण बनाउन लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सभामुख सापकोटाले गुणस्तरीय समाचार संकलनका लागि सदनमा नै ‘लवी रिपोर्टिङ’को व्यवस्था गर्नेतर्फ पनि पहल गर्ने विश्वास दिलाए । उनले सदनलाई जनताको पक्षमा बढी जिम्मेवार बनाउन कसरी सकिन्छ भन्ने बारेमा सम्बद्ध सबै पक्षसँग छलफल गरेर अगाडि बढ्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै