खुशी हुने चार तरिका « Khabarhub

खुशी हुने चार तरिका


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानीस खुशी हुनु र सुखी हुनु फरक कुरा हुन । टन्न धनसम्पति भएर सबै कुरा पुग्दो हुँदा पनि मानिस खुशी हुन सकिरहेका हुँदैनन ।

तर कोही चाँही अभावमा पनि रमाइरहेको देखिन्छ । यसको अर्थ यो हो कि सुख हुँदैमा जीवनमा खुशी आउँदैन ।

खुशी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुशी  हुन्छन त कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुशी हुन्छन ।

कोही चाँही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुशी मान्छन । जे जस्तो भए पनि खुशी रहनु ठूलो कुरा हो।

खुशीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ। तपाईंलाई कसरी खुशी रहने भनेर जिज्ञासा छ भने केही उपायहरु अपनाउन सक्नुहुन्छ।

 १. हरेक दिन ऐना अगाडि मुस्कुराउँनुस् 

हामी खुशी मुस्कानमा समेत झल्किन्छ । हामी जब खुशी हुन्छौँ तब हाँस्छौँ।

मुस्कुराउनु किन राम्रो हो भने यसले दिमागबाट डोपामिन नामक हार्मोन रिलिज गर्छ, जसले गर्दा हामी खुशी हुन्छौँ।

हाँसोको मतलब बनावटी हाँसो होइन। हरेक बिहान ऐना अगाडि हाँस्ने अभ्यास गर्नुस्, खुशी हुन सिकिन्छ।

 २. कसरत गर्नुस्

कसरत शरीरका लागि मात्र आवश्यक छैन। नियमित व्यायामले तनाव, चिन्ता अनि डिप्रेसनका लक्षणहरुलाई आत्मविश्वास र खुशीमा बदल्न मद्दत गर्छ।

थोरै मात्र व्यायाम गर्दा पनि धेरै फरक पार्छ। ५ मिनेट पनि आङ तन्काउनुभयो भने हल्का हुन्छ। त्यसैगरी हिँड्ने बानी बसाल्न सक्नुहुन्छ।

रातिको खाना खाएपछि एकछिन टहल्नु राम्रो हुन्छ। त्यसैगरी योग कक्षा पनि लिन सक्नुहुन्छ। नृत्य गर्नुहोस्, आफ्नो मन परेको खेलकुद खेल्नुस् खुशी भइन्छ।

 ३. डायरी या टिपोट गर्ने बानी बसाल्नुस्

लेख्नु आफ्ना विचार तथा भावना पोख्ने अनि योजना बनाउने राम्रो माध्यम हो। यसरी लेख्दा मन हल्का हुन्छ।लेख्नका लागि तपाई विद्धान वा एकदमै लेख्न जान्ने हुनुपर्छ भन्ने छैन। हरेक रात सुत्नुभन्दा पहिले केही न केही लेख्ने बानी बसाल्नुस्।

४. साथीभाइ वा प्रेमीसँग भेट्नुस् 

मिल्ने साथी भयो भने धेरै कुरा सेयर पनि हुन्छ र खुशी रहन सकिन्छ। साथीहरुको याद आयो भने समय मिलाएर भेट्नुस् ।

प्रत्यक्ष भेट्नै सकिएन भने पनि फोन तथा म्यासेजमा कुरा गर्दाको क्षण पनि आनन्दाभूती दिने हुन्छ। जति ठूलो हुँदै गयो, साथीहरु पनि घट्दै जान्छन्।

धेरै साथीहरु हुनु ठूलो कुरा होइन, मिल्ने साथी हुनुपर्छ। एउटै साथी भए पनि काफी हुन्छ। एउटै साथी धेरै नै मिल्ने भए, उसलाई प्रेमी बनाउँदा पनि फरक पर्दैन । उमेरले प्रेमलाई छेक्दैन ।

 

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ११ : ५४ बजे

अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा

काठमाडौं- नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको यूएईको

डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न

काठमाडौं- जेन-जी मुभमेन्ट नेपालले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कडा

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की– पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौं– के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमति