पाको अल्सासेर स्पेनिस क्लब भिल्ला रियलमा « Khabarhub

पाको अल्सासेर स्पेनिस क्लब भिल्ला रियलमा


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुन्डेशलिगा क्लब बोरुसिया डर्टमण्डले फरवार्ड पाको अल्सासेर स्पेनिस क्लब भिल्ला रियल पुगेको पुष्टि गरेको छ ।

डर्टमण्डले २३ मिलियन युरोमा आफ्ना फरवार्ड स्पेनिस क्लब पुगेको जनाएको हो । २६ बर्षका फवार्डले ३७ बुन्डेशलिगा खेलमा २३ गोल गरेका छन् ।

नयाँ फरवार्ड इर्लिङ हालान्ड क्लबमा आएपछि उनले बोरुसियामा अवसर पाएका थिएनन् । गत सिजन रोबर्टो लेवान्डोस्कीले मात्र अल्सासेर भन्दा धेरै गोल गरेका थिए ।

फरवार्ड अल्सासेरले स्पेनिस क्लबसंग साढे ५ बर्षको सम्झौता गरेका छन् । उनी क्लबका कीर्तिमानी खेलाडी हुन् । सन् २०१८ मा क्लबले जेरार्ड मोरिनोलाई कीर्तिमानी २० मिलियन युरोमा अनुबन्धन गरेको थियो ।

उनले आगामी आईतबार ओसासुनाविरुद्धको खेलमा नयाँ क्लबबाट डेब्यु गर्नेछन् । उनले भ्यालेन्सिया लागेका रोड्रिग्वो मोरिनोको स्थान क्लबमा लिनेछन् ।

भिल्ला रियलले पछिल्लो समय अल्सासेरलाई अनुबन्धनको प्रयास गरिरहेको थियो । स्पेनिस सहकर्मी राहुल अल्वोल र स्यान्टि काजार्लाले समेत उनलाई क्लबमा ल्याउन प्रयास गरिरहेका थिए ।

उनको बहिर्गमनमा डर्टमण्डले बिज्ञप्ती जारी गर्दै उनलाई छोड्ने निर्णय लिन सजिलो नभएको बताएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : ११ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु