पाको अल्सासेर स्पेनिस क्लब भिल्ला रियलमा « Khabarhub

पाको अल्सासेर स्पेनिस क्लब भिल्ला रियलमा


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुन्डेशलिगा क्लब बोरुसिया डर्टमण्डले फरवार्ड पाको अल्सासेर स्पेनिस क्लब भिल्ला रियल पुगेको पुष्टि गरेको छ ।

डर्टमण्डले २३ मिलियन युरोमा आफ्ना फरवार्ड स्पेनिस क्लब पुगेको जनाएको हो । २६ बर्षका फवार्डले ३७ बुन्डेशलिगा खेलमा २३ गोल गरेका छन् ।

नयाँ फरवार्ड इर्लिङ हालान्ड क्लबमा आएपछि उनले बोरुसियामा अवसर पाएका थिएनन् । गत सिजन रोबर्टो लेवान्डोस्कीले मात्र अल्सासेर भन्दा धेरै गोल गरेका थिए ।

फरवार्ड अल्सासेरले स्पेनिस क्लबसंग साढे ५ बर्षको सम्झौता गरेका छन् । उनी क्लबका कीर्तिमानी खेलाडी हुन् । सन् २०१८ मा क्लबले जेरार्ड मोरिनोलाई कीर्तिमानी २० मिलियन युरोमा अनुबन्धन गरेको थियो ।

उनले आगामी आईतबार ओसासुनाविरुद्धको खेलमा नयाँ क्लबबाट डेब्यु गर्नेछन् । उनले भ्यालेन्सिया लागेका रोड्रिग्वो मोरिनोको स्थान क्लबमा लिनेछन् ।

भिल्ला रियलले पछिल्लो समय अल्सासेरलाई अनुबन्धनको प्रयास गरिरहेको थियो । स्पेनिस सहकर्मी राहुल अल्वोल र स्यान्टि काजार्लाले समेत उनलाई क्लबमा ल्याउन प्रयास गरिरहेका थिए ।

उनको बहिर्गमनमा डर्टमण्डले बिज्ञप्ती जारी गर्दै उनलाई छोड्ने निर्णय लिन सजिलो नभएको बताएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : ११ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु