२३ बालबालिकालाई बन्धक बनाउने बाथम प्रहरी कारबाहीमा मारिए | Khabarhub Khabarhub

२३ बालबालिकालाई बन्धक बनाउने बाथम प्रहरी कारबाहीमा मारिए


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको उत्तर प्रदेशको फर्रुखाबाद जिल्लास्थित मोहम्मदाबाद कस्बेमा २३ बालबालिकालाई बन्धक बनाउने सुभाष बाथमको प्रहरी कारबाहीमा मृत्यु भएको छ ।

कानपुर परिक्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालका अनुसार अपहरणकारी सुभाषको प्रहरी मुठभेडमा मृत्यु भएको छ भने सबै २३ बालकलाई उद्धार गरिएको बीबीसीले उल्लेख गरेको छ।

मोहित अग्रवालका अनुसार अपहरणकारीले प्रति बालक एक करोड रुपैयाँ फिरौती माग गरेका थिए । यसका साथै उनले आफूमाथि लागेको हत्याको आरोप पनि फिर्ता लिनुपर्ने माग राखेका थिए । अघिल्लो रात उनले एक बालकलाई रिहा पनि गरेका थिए ।

बन्धक बालबालिकालाई मुक्त गराउन एटीएसको कमाण्डो बोलाइएको थियो । साथै प्रहरीको थुप्रै अधिकारीहरु पनि घटनास्थलमा परिचालन भएका थिए । मोहम्मदाबाद तहसीलको करसिया गाउँमा जुन घरमा बालकलाई बन्धक बनाइएको थियो त्यो घर बाथमकै थियो ।

प्रहरीका अनुसार बाथम शातिर किस्मका अपराधी थिए । उनी कैयौँ पटक जेल पनि गएका थिए । उनीमाथि हत्याको मुद्दा समेत चलिरहेको छ । स्थानीयका अनुसार आफ्नी छोरीको जन्मदिनको बहानामा उनले गाउँका बच्चाहरुलाई घर बोलाएका थिए । त्यसपछि उनीहरुलाई घरमै बन्धक बनाएका थिए ।

फर्रुखाबादका प्रहरी अधिकारी डा. अनिल कुमार मिश्रका अनुसार बच्चालाई सकुशल उद्धार गरिएको छ भने केहि प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीलाई देख्ने बित्तिकै सुभाषले फायरिंग शुरु गरेपछि दोहोरो भिडन्त नै भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : ३० बजे

‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई

काठमाडौं – बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना