वुहानमा रहेका नेपालीको उद्दार चाँडै गर्छौंः परराष्ट्र मन्त्री ज्ञवाली | Khabarhub Khabarhub

वुहानमा रहेका नेपालीको उद्दार चाँडै गर्छौंः परराष्ट्र मन्त्री ज्ञवाली


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नोवेल कोरोना भाइरस फैलिएको चीनको वुहानमा रहेका नेपालीलाई फर्काउने तयारी भइरहेको बताएका छन्।

केही दिन यता वुहानमा रहेका नेपालीहरुले आफूहरुको उद्दारका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएका छन् । कोरोना भाइरसको उद्गम मानिएको वुहानमा रहेका नेपालीहरु आफूहरुलाई संक्रमण हुने त्रासमा छन् ।

उनीहरुले यथाशक्य चाँडो नेपाल सरकारले उद्दारका लागि पहल गरोस भन्ने आशा राखेका छन् ।  चीनस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित रहेको जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालालीले बेइजिङ र काठमाडौंमा उहाँहरूलाई फर्काउने तयारी गरिरहेको बताए । उनले त्यहाँ रहेका नेपालीहरुलाई नआत्तिएर सुरक्षा अपनाउन आग्रह गरेका छन् ।

उनले वुहानमा रहेका नेपालीलाई जुनसुकै बेला नेपाल ल्याउने जानकारी चिनियाँ विदेश मन्त्रालयलाई दिइसकेको बताए।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ६ : ३५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको