दिवा खाजाले बालबालिका आकर्षित « Khabarhub

दिवा खाजाले बालबालिका आकर्षित


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- कुमाल समुदायका बालबालिका दिवा खाजा कार्यक्रमसँगै विद्यालय आउनेक्रम बढ्दो छ । रिब्दीकोट गाउँपालिकाले जोगिथुमको कालिका आधारभूत विद्यालयमा सञ्चालित दिवा खाजा कार्यालयले बालबालिकालाई नियमित रुपमा विद्यालय ल्याउन सफल भएको छ ।

अध्ययनका लागि विद्यालय नै उपस्थिति नहुने र दिउँसो नै विद्यालय छाडेर घर फर्किने समस्या पछि गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । विद्यार्थी दिवा खाजापछि नियमित पठनपाठनमा सहभागी हुन्छन् र साँझसम्म बस्छन् । यसले कक्षा छाड्ने समस्या हटेको छ ।

विपन्न कुमाल समुदायका बालबालिका कक्षा छाडेर श्रममा जान थालेपछि दिवा खाजा चलाएर विद्यालयप्रति आकर्षित गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले जानकारी दिए । कार्यक्रम सञ्चालनपछि अहिले नियमित विद्यार्थीले अध्ययन गर्न थालेको जिसीको भनाइ थियो ।

गाउँपालिका अध्यक्ष जिसीका अनुसार एक वर्ष झण्डै ६० प्रतिशत बालबालिका विद्यालय समयमा कक्षा बाहिर अभिभावकसँग हुनेमा अहिले सबै बालबालिका विद्यालयमा अध्ययन गरिरहेको हुन्छन् । गाउँपालिकाले २०७५ जेठदेखि बालदेखि कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले प्रतिविद्यार्थी प्रतिदिन रु २० बराबरको सहयोग गर्छ ।

गाउँपालिकाले कुमाल समुदायमा शिक्षाको महत्वलगायतका सचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । अभिभावकले बालबालिकालाई श्रममा भन्दा विद्यालय अध्ययनलाई पठाउन रुचि देखाएका छन् ।

कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेशबहादुर कुमालले दिवा खाजा कार्यक्रमपछि छ दिन नै विद्यार्थी विद्यालयमा उपस्थित हुँदा पठनपाठन प्रभावकारी हुँदै गएको बताए । कक्षामा प्रशस्त विद्यार्थी हुँदा शिक्षकलाई पढाउन उत्साह हुने कुमालले बताए । खाजा कार्यक्रमले विद्यार्थीको सिकाइमा सुधार आएको छ ।

कुमाल समुदायको खेतीयोग्य जमिन प्रशस्त नहुँदा अधिकांश अविभावक मजदूरी गरेरै दैनिकी बिताउन बाध्य छन् । मजदूरी गरी कमाइ भएको पैसाले साँझ बिहान चुलोमा आगो बाल्न समस्या हुँदै आएको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १२ : २५ बजे

वीरगञ्जबाट समातिएका प्रसाईंविरुद्ध तीन दिन म्याद थप

काठमाडौं- पर्साको वीरगञ्जबाट सोमबार राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध

राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा

तुलसीपुर– राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको

ट्रम्प र नेतन्याहूको हत्या गर्नेलाई इरानले ८०० करोड पुरस्कार दिने

तेहरान- इरानको संसद्ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट,

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको