नेपाली उपराष्ट्रपतिका सल्लाहकार बताएर सुविधा लिन खोज्ने तीन जना भारतमा पक्राउ | Khabarhub Khabarhub

नेपाली उपराष्ट्रपतिका सल्लाहकार बताएर सुविधा लिन खोज्ने तीन जना भारतमा पक्राउ


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको मध्य प्रदेशस्थित उज्जैनमा प्रहरीले नेपालका उपराष्ट्रपतिका सल्लाहकार भन्दै भीभीआईपी सुविधा लिन खोज्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महावीर प्रसाद तोरडी, प्रमोद शर्मा र कुलदीप शर्मा रहेका छन् ।

पक्राउ परेका तीन जनाले आफूहरु नेपालका उपराष्ट्रपतिको सल्लाहकार रहेको भन्दै भारतमा सरकारी सुविधा र भीभीआईपी सुविधा लिन खोजेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यम आजतकमा प्रकाशन भएको समाचार अनुसार उनीहरुले नेपालका उपराष्ट्रपतिको सांस्कृतिक सल्लाहकार, निजी सचिव भन्दै भारतमा सरकारी सुविधा लिन खोजेका थिए ।

सरकारी सुविधा लिनका लागि भन्दै उनीहरु ‘सर्किट हाउसमा’ पुगेका थिए । सर्किट हाउस सरकारी कर्मचारीका लागि उपलव्ध हुने गेष्ट हाउस हो ।

विहीवार सरकारी नम्बर प्लेटको कारबाट उज्जैन पुगेका तीन जनाले सर्किट हाउमा कोठा बुक गराएका थिए ।

तीन मध्ये एक जना महावीर प्रसाद तोरडीले आफूलाई नेपालका उपराष्ट्रपतिका सांस्कृतिक सल्लाहकार बताएका थिए । त्यस्तै अर्का प्रमोद शर्मा नाम गरेका व्यक्तिेले आफूलाई पूर्व सल्लाहकार बताएका थिए भने अर्का व्यक्ति कुलदीप शर्माले आफ्नो परिचय निजी सचिवको रुपमा दिएका थिए ।

सर्किट हाउस बसेका उनीहरुमाथि जब शंका लाग्यो त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी टोलीले नेपाल सरकारको आधिकारिक कागजात मागेपछि उनीहरुले केही भिजिटिङ कार्ड दिएका थिए ।

नेपालका उपराष्ट्रपतिको सचिवालयको व्यक्ति भएको बताउने केही कागजपत्र पनि उनीहरुले प्रहरीलाई दिएका थिए ।

तर प्रहरी जाँच पछि उनीहरुले दिएको कागजपत्र नक्कली भएको फेला पर्‍यो । नेपालको उपराष्ट्रको सचिवालयमा यी नाम भएका कोही पनि सरकारी अधिकृत नभएको बारे भारतीय प्रहरीले पत्ता लगायो ।

आखिरमा उनीहरु तीनै जना राजस्थानका बासिन्दा रहेको तथ्य फेला पर्‍यो ।

यसपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग नेपाली नम्बरप्लेट रहेको गाडी समेत रहेको समाचारमा जनाइएको छ ।

अनुसन्धानका क्रममा उनीहरुले प्रहरीसँग आफूलाई उच्च ओहोदाको व्यक्तिको रुपमा प्रस्तुत गरेर महाकाल मन्दिरमा भीभीआइपी दर्शन सुविधा लिन चाहेको बताएका थिए ।

उज्जैन भन्दा पहिला तीन जनाले आग्राको नलखेडामा रहेको प्रसिद्ध बगलामुखी माताको दर्श पनि भीभीआइपी कोटाबाट गरेका थिए र उनीहरुले अन्य सुविधा पनि लिएका थिए । नक्कली कागजात पेश गरेर उनीहरुले भीआइपी सुविधा लिएको तथ्य प्रहरीले फेला पारेको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ४ : २४ बजे

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित