काठमाडौं – स्पेनिस ला लिगाको गएराति सम्पन्न खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।
घरेलु मैदानमा मड्रिड डर्बीमा भएको खेलमा रियलले एट्लेटिकोविरुद्ध १-० को संघर्षपूर्ण जित निकालेको हो ।
रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ५६ औं मिनेटमा बेन्जिमाले गोल गरेको गोल नै निर्णायक सावित भयो ।
जितसँगै शीर्ष स्थानको रियलले २२ खेलमा ४९ अंक जोडेको छ । रियल दोस्रो स्थानको बार्सिलोना भन्दा ६ अंकले अघि छ । एक खेल कम खेलेको बार्सिलोनाको ४३ अंक रहेको छ । पाँचौं स्थानको एट्लेटिकोले ३६ अंक जोडेको छ ।
प्रतिक्रिया