६ वर्षीया बालिका अपहरणमा संलग्न थापा पक्राउ « Khabarhub

६ वर्षीया बालिका अपहरणमा संलग्न थापा पक्राउ


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) को अपहरणमा संलग्न एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भइ बोडेमा बस्ने २० वर्षीया आशिष थापा रहेका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार अपहरण भएको ५ घन्टापछि महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, ठिमीको टोलीले उनलाई पक्राउ गरेको हो ।

थापाले फिरौती वापतको रकम ठिमीमा रहेको भाटभटेनीमा ल्याएर दिन भनेका थिए । सोही क्रममा उनलाई उनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

अपहरणकारीले बालिकालाई अपरहरण गरेर सूर्यविनायकको घ्याम्पे डाँडा लगेका थिए । बालिका पछाडि हात बाँधिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रहरी अनुसन्धानका क्रममा अपहरणकारीले ती बालिका रोइकराइ गर्न थालेपछि घुम्न आएका मानिसहरुले थाहा पाउने डरले बालिकालाई जंगलमै छाडेर भागेको खुल्न आएको छ ।

बालिका जंगलमा रोएको देखेर घुम्न आउने मानिसले सोधपुछ गर्दा उनले स्कुलको नाम बताएपछि सर्वसाधारणले उनलाई स्कुलसम्म छाडिदिएका थिए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ७ : ०५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ