ब्रिगेडमाथि जावलाखेलको संघर्षपूर्ण जित « Khabarhub

ब्रिगेडमाथि जावलाखेलको संघर्षपूर्ण जित


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लबले ब्रिगेड व्वाइज क्लबमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा जावलाखेलले ब्रिगेडलाई १–० गोल अन्तरले पाजित गरेको हो ।

जावलाखेलका लागि सुजित बुढाथोकिको गोल निर्णायक बन्यो । उनले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए ।

आजको खेलमा जावलाखेलका खेलाडीले ‘फेयर गेम’ खेलेका छन् । यसलाई रेफ्रिले दिने कार्डका आधारमा हेर्न सकिन्छ । ब्रिगेडका दुई खेलाडीले पहेंलो कार्ड पाउँदा जावदाखेलका खेलाडीलाई रेफ्रिले कार्ड देखाएनन् ।

जीतसँगै जावलाखेल लिगको सातौं स्थानका उक्लिएको छ । जावलाखेलले १० मा ४ जीत ३ खेल बराबरी र ३ खेलमा पराजित हुँदा १५ अंकसहित सातौं स्थानमा रहेको छ । पराजित ब्रिगेडलाई भने रेलिगेसनको पिरलो छ । उसले अहिलेसम्म १० खेलमा जम्मा ८ अंक जोडेको छ ।

ब्रिगेडभन्दा तलका टोलीको जम्मा ४ अंकको फरक छ । पुछारमा रहेको सरस्वती युवा क्लबको मात्रै ४ अंक रहेको छ ।

लिगको शीर्ष स्थानमा भने २३ अंक रहेको विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब रहेको छ भने उसलाई मछिन्द्र क्लब २२ अंकसहित पछ्याइरहेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १ : ५३ बजे

राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा

एजेन्सी– बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानूनी

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित

काठमाडौं – विपक्षी दलको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक दोस्रो

सिंहदरबारभित्रै संसद् लाइभ हेरेर बसेका छन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई बेवास्ता गरेर अस्वभाविक व्यवहार देखाइरहेका छन्

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल