१ करोड १५ लाखमा विक्री भयो 'सेन्टी भाइरस' को इन्टरनेशनल राइट्स | Khabarhub Khabarhub

१ करोड १५ लाखमा विक्री भयो ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को इन्टरनेशनल (विदेशी) राइट्स १ करोड १५ लाखमा विक्री भएको निर्माण टिमले जनाएको छ । फिल्म नेपालमा रिलिज नहुँदै महङ्गोमा विदेश राइटस् विक्री भएको हो ।

जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि यो फिल्म निर्माण गरिएको हो । फिल्म सुबिहानी फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

फिल्मको अन्तर्राष्ट्रिय राइटस् यति ठूलो रकममा विक्री भएको यो पहिलो हो । अमेरिकाको नेप्सिने कम्पनीले राइटस् खरिद गरेको आयोजकले जनाएको छ । आज (सोमवार) रंगशाला निर्माण स्थलमा सुबिहानी फिल्मस् को तर्फबाट कलाकार तथा अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र नेप्सिने कम्पनी नेपालको प्रमुख विधान कार्कीबीच सम्झौता गरियो ।

फिल्मको नाफाको ५० प्रतिशत रकम निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई दिइने यसअघि नै निर्माण टिमले जनाएको छ ।

शैलेन्द्र डी कार्कीले खिचेको यो फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । यस्तै फिल्ममा कुमार कट्टेल र दीपक आचार्यको कथा छ ।

दिन्डु लामा ल्ह्योमोले निर्माण गरेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्म फागुन ९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

फिल्ममा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ५ : ०४ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो