ए डिभिजन लिग फुटबलमा जाउलाखेलको जीत « Khabarhub

ए डिभिजन लिग फुटबलमा जाउलाखेलको जीत


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाउलाखेल युथ क्ललले विग्रेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हासिल गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा सोमबार सम्पन्न पहिलो खेलमा जाउलाखेलले विग्रेड ब्वाइजलाई १–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो ।

जाउलाखेलको जीतमा सुजित बुढाथोकी नायक बने । उनले खेलको पहिलो हाफको ३२ औं मिनेटमा गरेको १ गोल नै जाउलाखेलका लागि निर्णायक गोल साबित भयो ।

यस खेलसँगै १० खेल पूरा गरेको जाउलाखेलले १५ अङ्क बटुलेको छ । समान खेल खेलेको व्रिगेड ब्वाइजको भने ८ अङ्क छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ३ : ५९ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो