७० लाख बराबरको चोरीका सामानसहित तीन जना पक्राउ « Khabarhub

७० लाख बराबरको चोरीका सामानसहित तीन जना पक्राउ


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठूलो परिमाणमा चोरीका सामानसहित प्रहरी काठमाडौंका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परीसर महाराजगञ्जको टोलीले विभिन्न समयमा गरी करिव ७० लाख बराबरको धनमाल चोरी गरेको आरोपमा दुई भारतीय नागरिक सहित तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारीका पारस प्रसाद, भारत समस्तिपुरका सन्तोष पोद्दार र रामेछापका ओमराज श्रेष्ठ छन् । घटनामा संलग्न अन्य चारजना भने फरार रहेको महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहले बताए ।  प्रहरीले उनिहरुको साथबाट शौचालयमा प्रयोग हुने ब्राण्डेड कम्पनिका धारा तथा अन्य पार्टपुर्जा लगाएत हार्डवेयर सामाग्रीहरु बरामद् गरेको छ ।

त्यसैगरी उनिहरुका साथबाट ९ किलो ५०० ग्राम चाँदी र ७० हजार नगद समेत बरामद गरेको छ । त्यस्तै बा१ज ११९२ नंम्बरको ट्याक्सी, बा १४ च ७२६९ नंम्बरको मारुती भ्यान र बा ८० प १५४० नम्बरको १५० सीसीको पल्सर मोटरसाईकल समेत बरामद् भएको छ । चोरीमा संलग्नहरुले काठमाडौंका विभिन्न हार्डवेयर, ज्वेलर्स, फेन्सी पसल लगायत स्थानमा दिउँसो रेकी गर्ने र रातीको समयमा चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले पक्राउ परेको गिरोहले गत असोजमा भक्तपुरको कमलविनायक, कात्तिका काठमाडौंको कपन, मंसिरमा ललितपुर हरिशिद्धि र काठमाडौंको विशालनगर माघमा ललितपुर ईमाडोलमा रहेको हार्डवेयर र फेन्सी पसलमा चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका अभियुक्त विरुद्ध चोरी तथा डाँका कसुर शीर्षकमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ५ : ०७ बजे

शपथमा प्रतिस्पर्धी पोखरेललाई नबोलाएका ओली भन्छन् : अब एमालेमा गुट-उपगुट र प्यानल सकियो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनसंगै पार्टी थप

नख्खुबाट छुटेका रविबारे रास्वपाको निष्कर्ष : निरंकुश सरकारको प्रतिशोध वर्तमान नागरिक सरकारले सच्याओस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्च अदालत तुलसीपुरको

अमेरिकाको एपस्टीन ‘सेक्स स्क्यान्डल’मा सबैभन्दा ठूलो खुलासा हुने सम्भावना

वासिङ्टन डीसी- अमेरिकाको कुख्यात जेफ्री एपस्टीन सेक्स स्क्यान्डलसँग सम्बन्धित मुद्दामा

मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस

युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा