चीनलाई कोरोना भाइरस नियन्त्रणका लागि एघार मुलुकको सहयोग | Khabarhub Khabarhub

चीनलाई कोरोना भाइरस नियन्त्रणका लागि एघार मुलुकको सहयोग


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- कोरोना भाइसरविरूद्ध जुधिरहेको चीनलाई संयुक्त राष्ट्रसंघ बालकोषका साथै विभिन्न एघार मुलुकले भाइरस नियन्त्रण र रोकथामका लागि पठाएको सहयोग चीन पुगेको चीन सरकारका प्रवक्ताले सोमबार बताएका छन् ।

दक्षिण कोरिया, जापान, बेलायत, फ्रान्स, टर्की, पाकिस्तान, काजकस्तान, हङ्गेरी, इरान, बेलारूस र इनिडोनेसियाबाट कोरोना भाइरस नियन्त्रणका लागि सामग्री उपलब्ध भएको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्निङले पत्रकार सम्मेलनमा बताए ।

उक्त सामग्री आइतबारसम्म आइपुगेको उनले उल्लेख गरे । उनले अन्य मुलुकबाट पनि सहयोगका सामग्री आउने क्रम रहेको खबरहरू प्राप्त भएका उनको भनाइ थियो ।

प्रवक्ता चुन्निङले आवश्यक परेका वेला सहयोग गर्ने साथी वास्तविक साथी रहेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिए ।

चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण मेडिकल मास्क, प्रोटेक्टिभ सुट र सुरक्षित चश्माजस्ता सामानको जरूरी रहेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १० : १४ बजे

कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक