बालुवाटारमा प्रधानमन्त्री ओलीले बजाए बासुरी, सारंगीमा खनाल र नेपाल « Khabarhub

बालुवाटारमा प्रधानमन्त्री ओलीले बजाए बासुरी, सारंगीमा खनाल र नेपाल


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली लगायत सत्तारुढ दलका नेताले नेपाली माैलिक बाजा बासुरी र सारंगी बजाएर प्रधानमन्त्री निवास बालुवाटारमा रमाइलो गरे ।

मंगलबार बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको सांगीतिक साँझ कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल लोक बाजा बजाएका हुन्। जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा तस्वीर सार्वजनिक गरेका हुन्।

पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले दायाँबायाँ बसेर प्रधानमन्त्री ओलीलाई सांगितिक माहोलमा साथ दिए ।

सचिवालय सदस्यहरू र अन्य पाहुनाले ताली बजाएर साथ दिएका थिए । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै बालुवाटारमा प्रधानमन्त्रीले बाँसुरी धुन बजाएर सुनाएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा नेपाली मौलिक धुन, सारंगी साँझको आयोजना गरिएको हो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : २० बजे

चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति

भैरहवा –सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवासुविधाको पहुँचबाट टाढा रहेको

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

काठमाडौं – ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

गोवा – भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३

एनपीएलः लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो