प्रहरी प्रधान कार्यालयले गर्‍यो पाँच एसपीको सरुवा, चितवनमा नान्ती राज गुरुङ « Khabarhub

प्रहरी प्रधान कार्यालयले गर्‍यो पाँच एसपीको सरुवा, चितवनमा नान्ती राज गुरुङ


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रहरी प्रधान कार्यालयले पाँच एसपीको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार निकालेका काज सरुवा अनुसार चितवनमा नान्तीराज गुरुङलाई पठाइएको छ । यसअघि विवादका कारण त्यहाँ नगएकी एसपी गंगा पन्तलाई पर्सा जिल्लामा सरुवा गरिएको छ ।

चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको ठाउँमा पन्तलाई सरुवा गरेको भएपनि विवादका कारण उनलाई त्यहाँको रमाना दिइएको थिएन ।

चितवनमा गएका गुरुङ प्रहरी तालिम केन्द्रमा थिए ।  पर्साका एसपी सोमेन्द्रसिंह राठौरलाई महानगरीय प्रहरी परीसर टेकुमा सरुवा गरिएको छ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका एसपी कृष्णप्रसाद पगेंनीलाई बारा सरुवा गरिएको छ ।

यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी अशोक सिंहलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ । सिंहको रानीपोखरीमा दरबन्दी भए पनि महानगरीय प्रहरी परीसर काठमाडौंमा काजमा कार्यरत थिए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : ५२ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ