ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, ओमानको सातौं विकेट पतन « Khabarhub

ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, ओमानको सातौं विकेट पतन


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले ओमानको सातौं विकेट लिएको छ ।

टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले ३४ दशमलव ४ ओभरमा सातौं विकेट गुमाएको हो ।

नेपालका लागि सातौं विकेट दिपेन्द्र सिंह ऐरीले लिए । उनले ४१ दशमलव ४ ओभरमा बादल सिंहलाई ५ रनमा आउट गरेका हुन । सिंह क्याच आउट भएका हुन ।

प्रतियोगितामा सुशन भारीले व्यक्तिगत तेस्रो तथा टिमका लागि छैठौ विकेट दिलाएका छन । भारीले ३८ दशमलव ४ ओभरमा ‍सन्दिप गौडलाई ३३ रनमा आउट गरे ।

यसअघि उनले १८ औं ओभरमा १ बलको फरकमा लगातार २ विकेट लिएका ।

नेपालका लागि करन केसीले सुरुवाती २ विकेट लिएका थिए भने तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीले ओमानका आकिब इलियासलाई रन आउट गरे ।

यो समाचार तयार पार्दासम्म ओमानले ४२ ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाएर खेलिरहेको छ  ।

लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ । एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो ।

त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।

 

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : १५ बजे

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’