सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल « Khabarhub

सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्तमान सरकारले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्दै लालपूर्जा वितरणको तयारी गरिरहेको बताए ।

कनकाई नगरपालिकाका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग आज सुरुङ्गामा प्रत्यक्ष भेटेर उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“तपाईंहरूलाई जो आउँछन् आश्वासन मात्र दिएर जान्छन् भन्ने लागेको हुनसक्छ”, सुकुम्बासी परिवारलाई सम्बोधन गर्दै उनले भने, “यहाँहरू ढुक्क हुनुहोस् । यो सरकारले लालपूर्जा दिने हो, आश्वासन होइन ।”

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेललाई साक्षी राखेर कनकाई नगर क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई अबको केही समयमै जग्गाको लालपूर्जा वितरण गरिने उनले विश्वास दिलाए ।

मन्त्री रावलले भने, “काम अगाडि बढिसकेको छ । कामलाई अझ तीब्रता कसरी दिन सकिन्छ भनेर छलफल भएको छ । यो भएन, त्यो भएन भन्ने अब बहानाबाजी हुनेछैन ।”

कनकाई नगरपालिका–६ का वडाध्यक्ष लक्ष्मी ओलीले यहाँका ५०० परिवार विसं २०१९ देखि बसोबास गर्दै आए पनि अहिलेसम्म जग्गाको लालपूर्जा नपाएको जानकारी गराए ।

मन्त्री रावलले आजै जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला प्रशासन कार्यलयमा भेटेर सुकुम्बासीलाई लालपूर्जा वितरणका लागि तीब्र गतिमा काम गर्न निर्देशन दिए ।

उनले दमक नगरपालिका–८ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई भेटेर उनीहरूको गुनासो सुन्नु भएको थियो । उनले दमकमा सहकारी पीडितसँग छुट्टै भेटेर बचत फिर्ता गराउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १० : १० बजे

‘जलवायु परिवर्तनबाट पीडित मात्रै होइन, नेपालले अब नेतृत्व नै लिनुपर्छ’

काठमाडौं- पछिल्ला केही महिनायता नेपालले एकपछि अर्को विपद्को सामना गरिरहेको

सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल

झापा – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार

सुनकोशी–मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय

राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका स्वीट्जरल्याण्डको