सुशन र करनको उत्कृष्ट बलिङमा ओमान १ सय ९७ रनमा सीमित | Khabarhub Khabarhub

सुशन र करनको उत्कृष्ट बलिङमा ओमान १ सय ९७ रनमा सीमित



काठमाडौं– एक दिवसीय क्रिकेटमा डेब्यु गरेका सुशन भारीले आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दा ओमानले नेपाललाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिलो ब्यटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन मात्रै बनाउन सक्यो । ओमानविरुद्ध नेपालका भारीले कसिलो बलिङ गर्दै ३ विकेट लिँदा ओमान १९७ रनमा सीमिति हुन पुग्यो ।

ओमानका लागि मोहम्मद नादेमले आफ्नो टोलीको ब्याटिङ लाइन सम्हालेका थिए । उनले अर्धशतक सहित ६९ रन बनाए । ५७ रनमा ५ विकेट गुमाएको ओमानका लागि नादेम र सन्दीप गौडले ६० रनको साझेदारी पारी खेले ।

ओमानका सन्दीप गौडले ३३ रन, नासेम खुसीले २८ रन, कप्तान जिसान मक्सुदले २० रन र अक्विब इल्यासले १६ रनको योगदान गरेका थिए ।  भारीसँगै नेपालका तीव्र गतिका बलर करण केसीले ४ विकेट लिए ।

केसीले ९ ओभर बलिङ गर्दै ४ विकेट लिएर ४७ रन खर्चिएका थिए ।  लिग २ को पहिलो खेलमा ओमानविरुद्ध नेपालका लागि भारीले उत्कृष्ट ३ विकेट सहित १४ रन खर्चिँदा स्टार स्पिनर सन्दीप लामिछाने भने सबैभन्दा महंगा सावित भए ।

लामिछानेले १० ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ४५ रन खर्चिएका थिए । भारीसँगै  एक दिवसीय क्रिकेटमा डेब्यु गरेका अविनाश बोहरा भने विकेट विहीन रहे ।

१ सय ९८ रनको मध्यम लक्ष्य पाएको नेपाली टोली अहिले जवाफी ब्याटिङमा उत्रिएको छ । नेपालका लागि पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले ब्याटिङ गरिरहेका छन । लामो समयपछि त्रिवि मैदानमा अन्तर्राष्ट्रिय खेल हुँदा दर्शकको सहभागिता उत्साहजनक छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १ : १४ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन