सुशन र करनको उत्कृष्ट बलिङमा ओमान १ सय ९७ रनमा सीमित « Khabarhub

सुशन र करनको उत्कृष्ट बलिङमा ओमान १ सय ९७ रनमा सीमित



काठमाडौं– एक दिवसीय क्रिकेटमा डेब्यु गरेका सुशन भारीले आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दा ओमानले नेपाललाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिलो ब्यटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन मात्रै बनाउन सक्यो । ओमानविरुद्ध नेपालका भारीले कसिलो बलिङ गर्दै ३ विकेट लिँदा ओमान १९७ रनमा सीमिति हुन पुग्यो ।

ओमानका लागि मोहम्मद नादेमले आफ्नो टोलीको ब्याटिङ लाइन सम्हालेका थिए । उनले अर्धशतक सहित ६९ रन बनाए । ५७ रनमा ५ विकेट गुमाएको ओमानका लागि नादेम र सन्दीप गौडले ६० रनको साझेदारी पारी खेले ।

ओमानका सन्दीप गौडले ३३ रन, नासेम खुसीले २८ रन, कप्तान जिसान मक्सुदले २० रन र अक्विब इल्यासले १६ रनको योगदान गरेका थिए ।  भारीसँगै नेपालका तीव्र गतिका बलर करण केसीले ४ विकेट लिए ।

केसीले ९ ओभर बलिङ गर्दै ४ विकेट लिएर ४७ रन खर्चिएका थिए ।  लिग २ को पहिलो खेलमा ओमानविरुद्ध नेपालका लागि भारीले उत्कृष्ट ३ विकेट सहित १४ रन खर्चिँदा स्टार स्पिनर सन्दीप लामिछाने भने सबैभन्दा महंगा सावित भए ।

लामिछानेले १० ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ४५ रन खर्चिएका थिए । भारीसँगै  एक दिवसीय क्रिकेटमा डेब्यु गरेका अविनाश बोहरा भने विकेट विहीन रहे ।

१ सय ९८ रनको मध्यम लक्ष्य पाएको नेपाली टोली अहिले जवाफी ब्याटिङमा उत्रिएको छ । नेपालका लागि पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले ब्याटिङ गरिरहेका छन । लामो समयपछि त्रिवि मैदानमा अन्तर्राष्ट्रिय खेल हुँदा दर्शकको सहभागिता उत्साहजनक छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १ : १४ बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८