कांग्रेस नेता पौडेलको प्रश्नः लाल झण्डा ओढेपछि जुनसुकै ‘खत’ पनि माफी ? « Khabarhub

कांग्रेस नेता पौडेलको प्रश्नः लाल झण्डा ओढेपछि जुनसुकै ‘खत’ पनि माफी ?


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियारले १ सय ७५ जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दाका विषयमा कडा टिप्पणी गरेका छन् ।

पौडेलले सो मुद्दाको प्रकृतिले संशय र प्रश्न उब्जाएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नेता पौडेलले फेसबुकमा लेखेका छन्-  ‘अख्तियारले बालुवाटरस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ । लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन् ?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनको फेसबुक स्टाटस यस्तो छ-

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ६ : ११ बजे

तीन नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह : जसरी भएपनि निर्वाचन सफल पारौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई

विदेशी योजनामा नयाँ पार्टी बनेको लिङ्देनको आरोप

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको योजना

राप्रपाले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन