बार्यन म्युनिख जर्मन कपको क्वार्टरफाईनलमा « Khabarhub

बार्यन म्युनिख जर्मन कपको क्वार्टरफाईनलमा


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोबर्ट लेवान्डोस्की चम्किएको खेलमा बार्यन म्युनिख जर्मन कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा बार्यनले होफिनहमलाई ४–३ गोल अन्तरले पराजित गर्‍यो ।

लेवान्डोस्कीले सिजनको ३४ औ र ३५ औ गोल गर्दै बार्यनलाई महत्वपूर्ण जित दिलाए । पोल्याण्डका फरवार्डले पहिलो र दोस्रो हाफ दुवैमा एक एक गोल गरेका थिए ।

सुरुवाती गोल बार्यनका जेरोमी बोटेङ्ग र होफेनहमका बेन्जामिन हुबनरले आत्मघाति गरे । लगत्तै थोमस मुलरले गोल गर्दै बार्यनलाई अगाडी बढाएका थिए ।

मुनास डाबरले दुई गोल गर्दै होफेनहमलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन सकेनन् । लेवान्डोस्कीले २९ खेलमा ३५ गोल गर्दै चालू सिजनमा आफुलाई उत्कृष्ट फर्ममा राखेका छन् । पछिल्ला चार खेलमा उनले निरन्तर गोल गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ७ : २७ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार ३२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकप फाइनलमा

काठमाडौँ- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा