बूढासुब्बा गोल्डकप फागुन १० देखि | Khabarhub Khabarhub

बूढासुब्बा गोल्डकप फागुन १० देखि


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ ।

आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ ।

क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रदेश अध्यक्ष किशोर राईका अनुसार एन्फाले बूढासुब्बालाई ‘क’ श्रेणीमा राखेपछि प्रतियोगिताको पुरस्कार राशि बढाइएको छ ।

विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख दिने अध्यक्ष राईले जानकारी दिए । अघिल्लो संस्करणमा विजेतालाई आठ लाख र उपविजेतालाई चार लाख दिइएको थियो ।

धरानमा सर्वाधिक विजेतामध्येको एक मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, युके एफसी, भारत, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।

२२ औं संस्करणमा हालै भित्रिएको भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) लाई प्रयोगमा ल्याउन लागिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यो प्रणाली नेपालमै पहिलोपटक बूढासुब्बाले प्रयोगमा ल्याउन लागेको क्लबका अध्यक्ष राईले जानकारी दिए ।

विदेशी ठूला प्रतियोगितामा यस प्रविधिको प्रयोग हुँदै आएको छ । रेफ्रीले नदेखेका वा दोधार भएको कुरा भिएआरको माध्यमबाट थाहा पाउन सकिन्छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १ : ०१ बजे

रामबहादुरको मुहारमा फर्किएको खुसी…

गोरखा- गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि पुनः

ढकमक्क गुलमोहर, पर्यटक आकर्षित

झापा- बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क

गलकोट अस्पतालमा ‘ब्लड बैंक’ सेवा

बागलुङ– बागलुङको गलकोट अस्पतालमा ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा) सञ्चालनमा आएको

तनहुँको बुल्दीखोलामा पुल निर्माण

तनहुँ– तनहुँको व्यास नगरपालिका– १ र २ जोड्ने कराङकाठबाट बसपार्क

सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि

काठमाडौं – क्रिस्टल प्यालेसले पहिलो महत्त्वपूर्ण उपाधिको रूपमा एफए कपको