चीनमा रहेका नेपाली ल्याउन अझै हप्ता दिन लाग्ने, कार्ययोजना बनाउन बल्ल समिति गठन « Khabarhub

चीनमा रहेका नेपाली ल्याउन अझै हप्ता दिन लाग्ने, कार्ययोजना बनाउन बल्ल समिति गठन


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याउन अझै एक साताको समय लाग्ने भएको छ ।

स्वदेश ल्याउने नेपालीलाई राख्ने सुरक्षित स्थानको व्यवस्थापन नहुँदा उनीहरुलाई ल्याउन अझै एक साता लाग्न सक्ने प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले खबरहबलाई जानकारी दिए ।

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली ल्याउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) भएको बैठकमा प्रधामन्त्री ओलीले १ साता भित्र स्वदेश ल्याउने नेपालीलाई राख्ने  स्थानको व्यवस्थापन गर्न समय सिमा दिइएको थापाको भनाइ ।

‘कोरोना भाइरसको विषयमा आज (बिहीबार) बालुवाटारमा बसेको बैठकले मुख्य सचिव लोकदर्शन रेग्मीको नेतृत्वमा एउटा समिति गठन गरिएको छ,’ थापाले खबरहबसँग भने, ‘त्यो समितिले स्वदेश ल्याउने नेपाली राख्न हेरिएको सम्भावित ठाउँ हेरेर कसरी व्यवस्थापन गर्ने भन्ने कार्यायोना एकसाताभित्र बनाउनु भनेर प्रधानमन्त्रीज्युले निर्देशन दिनुभएको छ।’

थापाका अनुसार मुख्य सचिवको नेतृत्वको समितिले स्वदेश ल्याउने नेपालीलाई राख्ने ठाउँकाे व्यवस्थापन भएपछि मात्र चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याइने छ ।

कोरोना भाइरस प्रभावित चीनबाट स्वदेश फर्किने नेपालीलाई चार स्थानमा राखिने भनिएको छ । चीनमाट स्वदेश ल्याइने नेपालीलाई शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी ४ स्थानमा क्वारेन्टाइनमा राखिने भनिए पनि ती ठाउँमा आवश्यक व्यवस्थापन भने हुन सकेको छैन  ।

बिहीबार बालुवाटारमा बसेको  मन्त्री तथा उच्च सरकारी अधिकारीहरुको बैठकमा प्रधानमन्त्री ओलीले ती चार स्थानलाई व्यवस्थापन गर्ने समेत निर्देशन दिएका छन् ।

चीनमा रहेका १ सय ८० जना नेपालीले स्वदेश फर्काउन आग्रह गर्दै चीनस्थित नेपाली दूतावासमा आइतबार नै आवेदन दिइसकेका छन् । चीनमा रहेका नेपाली विद्यार्थीहरुले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममाफर्त आफूहरुलाई छिटो स्वदेश फर्काउन सरकारसँग अपिल समेत गरेका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म ५ सय ६३ जनाको मृत्यु भइसकेको छ । चीनमा मात्र कोरोना भाइरस संक्रमितको संख्या २८ हजार नाघिसकेको छ ।

चिनियाँ पत्रिका चाइनाडेलीका अनुसार कोरोना भाइरसको संक्रमण फैलिएको वुहान क्षेत्रमा मात्र १९ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । मृत्यु हुने अघिकांश व्यक्तिहरु वुहान क्षेत्रका छन् ।

 

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  २ : ५३ बजे

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौं– रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई

चुनावको मुखमा इन्सास राइफल र गोलीसहित एकजना समातिए

भक्तपुरः सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश

मौनअवधि उल्लङ्घन हुन थालेपछि झापा-५ मा प्रहरीको सक्रियता (तस्बिरहरू)

काठमाडौं– निर्वाचनको दिन नजिकिएसँगै देशभर मौनअवधि लागु भएको छ ।

फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

एजेन्सी– फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मंगलबार हेलिकप्टर

आदिवासी जनजाति ‘पैसामा बिक्ने र किन्न सकिने’ भनेपछि विवादमा सोविता

चितवन- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् सचिवालय, चितवनले राष्ट्रिय