बिनोद चौधरीले २० अर्ब तिरे टेलिकमको लाइसेन्स पाउँछन्ः मन्त्री बाँस्कोटा « Khabarhub

बिनोद चौधरीले २० अर्ब तिरे टेलिकमको लाइसेन्स पाउँछन्ः मन्त्री बाँस्कोटा


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले व्यवसायी बिनोद चौधरीले प्रक्रिया पुर्‍याएर २० अर्ब रुपैयाँ तिरे जिएसएम मोबाइलको लाइसेन्स लिन सक्ने बताएका छन् ।

सरकारका प्रवक्ता समेत रेहका मन्त्री बाँस्कोटाले विहीबार मन्त्रपरिषद्को निर्णय सुनाउन आयोजित कार्यक्रममा संचारकर्मीको प्रश्नमा उनले नियम अनुसार २० अर्ब तिरेपछि सिजी कम्युनिकेशनले लाइसेन्स पाउने बताए हुन् ।

‘अरु कम्पनीले २० अर्ब रुपैयाँ तिरेर गरेको व्यवसाय २५ लाख रुपैयाँ तिरेर मात्र गर्न पाइँदैन, नियम अनुसार काम गरे लाइसेन्स पाइन्छ,’ बास्कोटाले भने ।

बाँस्कोटाले सरकारले सिजीलाई ग्रामिण क्षेत्रमा टेलिकम चलाउन १०–११ करोड रुपैयाँ दिएको भन्दै २५ लाखमा युनिफाइड टेलिकमको लाइसेन्स नपाइने प्रष्टयाएका थिए ।

‘कर र रोयल्टी नतिर्ने अनि लाइसेन्स पाएन भनेर हुन्छ,ठूलो घरानाको भन्दैमा प्रक्रिया मिचेर लाइसेन्स दिने कुरा हुँदैन,’ मन्त्री बाँस्कोटाले भने ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ६ : २२ बजे

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि

सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता : पत्नीलाई पिठ्युँमा बोकेर हिँडेका थिए वृद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी