नेपाल कानून व्यवसायी परिषद् 'पार्षद'को निर्वाचन शनिबार हुँदै  | Khabarhub Khabarhub

नेपाल कानून व्यवसायी परिषद् ‘पार्षद’को निर्वाचन शनिबार हुँदै 


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कानून व्यवसायी परिषद् पार्षदको निर्वाचन शनिबार हुने भएको छ । सातै प्रदेशमा पार्षद छान्नका लागि परिषदले निर्वाचन गर्न लागेको हो ।

परिषदको बाग्मती प्रदेश पार्षद पदमा बृहत लोकतान्त्रिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपानेले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले नेपाल कानून व्यवसायी परिषदलाई नवीनतम् ढंगले अगाडि बढाउने प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन् ।

‘२५ वर्षको बार काउन्सिल ६ महिनाको बच्चाको अवस्थामा छ, सर्वोच्च अदालतका अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतलाई लाइसेन्स दिन अधिकार त लियो, तर त्योभन्दा बढी केही गर्न सकेजस्तो मलाई लाग्दैन,’ न्यौपानले भने, ‘प्राक्टिक प्राक्टिसका आधारमा परीक्षा लिने र काउन्सिलको कार्यशैलीलाई नयाँ ढंगले अघि बढाउन पहल गर्ने उद्देश्यले नै उम्मेदवारी दिएको हुँ ।’

अदालतले लिने परीक्षा र कानून अध्ययन अध्यापन हुने कलेजले लिने परीक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन पहल गर्ने बताउँदै न्यौपानेले नेपालमा कानूनी शिक्षाको अवस्थालाई अध्ययन गरी अझै समयसापेक्ष सुधार गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बृहत लोकतान्त्रिक कानून व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले १६ वटा एजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन ।

‘नेपाल कानून व्यवसायी परिषदको ऐन २०५० लाई समयानुकूल संशोधन गर्ने, वरिष्ठ अधिवक्ताहरुको उपाधि परिषद समेतको सल्लाह र सिफारिशमा निश्चित मागदण्ड तोकेर प्रदान गर्न पहल गर्ने छु,’ न्यौपानेले भने ।

वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले कानून व्यवसायीको शुद्धिकरण र व्यवसायिक मर्यादामा जोड दिँदै विद्यमान आचारसंहिताबाट कारबाही वा निलम्बन गर्ने प्रावधानको सट्टा ऐनमा संशोधन गरी अधिकार थपेर कानूनी व्यवस्था गर्न पहल गर्ने लगायतका घोषणा गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ५ : ४६ बजे

भोजपुरको चखेवा–पाँचधारे सडक स्तरोन्नति

भोजपुर– बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको

सस्पेन्स थ्रिलर फिल्म जसरी ‘जारी २’बारे अड्कलेर बोल्छन् उपेन्द्र ! (अन्तर्वार्ता)

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

आज अन्तर्राष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदै

काठमाडौं– असहाय, वृद्ध, अपाङ्ग तथा सामाजिक रुपमा कमजोर वर्गको सहयोगप्रति

आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौं– सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत

म्याग्दीको तोराखेतमा थकाली ‘होमस्टे’

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको