मेस्सीले बार्सिलोना नछाड्ने « Khabarhub

मेस्सीले बार्सिलोना नछाड्ने


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बार्सिलोनाका स्टार लियोनल मेस्सीले स्पेनिस क्लब   बार्सिलोना नछाड्ने भएका छन । उनले फुटबलको करियर बार्साबाटै अन्त्य गर्ने बताएका छन् ।

मेस्सीलाई प्रियिमर लिग क्लब जोड्ने सुझावलाई अस्विकार गर्दै ग्वार्डिओलाले मेस्सीले बार्सिलोनाबाटै फुटबल करियर अन्त्य गर्ने आफुले विश्वास लिएको बताएका छन ।

३२ बर्षीय मेस्सीले करियरको अधिकांश समय बार्सिलोनामै बिताएका छन । उनलाई समर ट्रान्सफरमा क्लब छाड्ने अनुमती छ ।

ग्वार्डिओलाले नाउ क्याम्पमा सन् २००८ देखि २०१२ सम्म मुख्य प्रशिक्षकको रुपमा बिताएका थिए । उनले बार्सिलोनाबाट तीन ला लिगा र दुई च्याम्पियन्स लिगको उपाधि समेत जिताएका थिए ।

सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने ‘मेस्सी त्यही बस्नेछन् । मेरो पनि कामना त्यही छ ।’

ग्वार्डिओलाले बार्सिलोनाको सर्वाधिक सफल प्रशिक्षकको रुपमा चिनिन्छन । उनले चार सिजनमा बार्सिलोनाबाट १४ उपाधि जिताएका थिए ।

ग्वार्डिओलाले जर्मनमा समेत लगातार तीन लिग उपाधि जिताएका थिए । पछिल्ला दुई सिजन सिटीबाट प्रियिमर लिगको उपाधि जिताएका उनले चालू सिजनमा भने अपेक्षाकृत परिणाम दिलाउन सकेका छैनन ।

प्रिमियर लिगमा लिभरपुलले २२ अंकको अग्रता लिएको छ । जवकी लिगमा अब १३ खेल मात्र बाँकी छ ।

मेस्सीले ६ पटक बालेन डी ओरको उपाधि जितेका छन् । उनले १० लिग उपाधिसंगै चार च्याम्पिन्स लिगको उपाधि समेत उचालेका छन् । उनको क्लबसंगको सम्झौता सन् २०२१ सम्म मात्र रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : ०५ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती