महाभियोगका प्रस्तावक र साक्षीसँग ट्रम्प आक्रोसित, २ उच्च अधिकारीलाई बर्खास्त « Khabarhub

महाभियोगका प्रस्तावक र साक्षीसँग ट्रम्प आक्रोसित, २ उच्च अधिकारीलाई बर्खास्त


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि महाअभियोगमा साक्षीका रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारीलाई बर्खास्त गरेका छन् ।

अमेरिकी तल्लो सदनमा भएको ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको क्रममा सुनुवाइमा उपस्थित भएका उच्च अधिकारीलाई ट्रम्पले बर्खास्त गरेको बीबीसीले उल्लेख गरेको छ ।

तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो सदन सिनेटबाट ट्रम्पले सफाइ पाएका छन् । माथिल्लो सदन सिनेटले गएको बुधबार महाभियोगमा ट्रम्पलाई दोषी ठहर नगर्ने पक्षमा मतदान गरेको हो ।

त्यसपछि राष्ट्रपति ट्रम्पले आफूविरुद्ध तल्लो सदनमा भएको अनुसन्धानको क्रममा बयान दिएका अधिकारीलाई बर्खास्त गरेका हुन् । ट्रम्पले युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सण्डल्याण्ड र युक्रेनका सम्बन्धमा उच्च अमेरिकी विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेक्जान्डर भिण्डम्यानलाई बर्खास्त गरेका हुन् ।

भिण्डम्यानलाई बर्खास्त गरेको केही घण्टापछि नै ट्रम्पले तत्काल लागु हुने गरी इयुका लागि अमेरिकी राजदूत सण्डल्याण्डलाई फिर्ता बोलाएका हुन् ।

सिनेटबाट महाअभियोगमा सफाइ पाएसँगै ट्रम्पले आफूविरुद्ध सुनुवाईमा उपस्थित भएका अधिकारीहरुलाई बर्खास्त गर्ने तयारी गरेको र यसकै प्रक्रिया अन्तर्गत सण्डल्याण्ड र भिण्डम्यानलाई उनले हटाएको बताइएको छ ।

बुधबार सिनेटमा भएको ऐतिहासिक मतदानमा सिनेटले अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो । अमेरिकाको इतिहासमा ट्रम्प महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति हुन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : ४२ बजे

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको