बिहेपछि किन मोटाउछन् महिला ? यसरी घटाउनुहोस वजन « Khabarhub

बिहेपछि किन मोटाउछन् महिला ? यसरी घटाउनुहोस वजन


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्सर तपाई विवाहपछि महिलालाई मोटाएको देख्नु भएको होला ।

तर विवाहपछि किन महिला मोटाउने गर्दछन् त ? खासमा विवाहपछि महिलामा घरगृहस्थीको कामकाजले दैनिक जीवन बदलिने गर्छ । उनिहरु प्रेम वा विवाहको तनावबाट मुक्त हुन्छन्न् ।

अब राम्री देखिनुभन्दा पनि स्वास्थ्य रहनुपर्छ भन्ने मानसिकता विकास हुन्छ । विवाह अघि डाइटिङ गर्नेहरु विवाहपछि शरीरको चासो लिदैनन् । जसका कारणले महिलाहरु विवाहपछि मोटाउँने गर्दछन् ।

कतिपय महिलाले विवाह अघिसम्म मात्र सुन्दर हुनुपर्छ भन्ने सोचाई हुने गर्दछ । विवाहपछि भने उनीहरु सुन्दर बन्न खासै प्रयत्न गर्दैनन् ।

हुनत ब्यस्तताका कारणले पनि आफुलाई फिट बनाउन महिलाले सकिरहेका हुदैनन् । तर जुन आर्कषक शरीर देखेर श्रीमानले मन पराएरका हुन्छन् उनिहरु पछिसम्म पनि त्यहि फिटनेस आफ्नो श्रीमतीमा खोज्ने गर्दछन् ।

तर श्रीमती मोटाएको कारणले श्रीमानको आर्कषण घट्ने गर्दछ । यसले उनीहरुमा नैराश्यता समेत उत्पन्न गराउँछ । र त्यहि नैराश्यता श्रीमान श्रीमतीबीचमा मनमुटाव बढाउने कारण पनि बन्न सक्छ ।

यस्ता छन् विवाहपछि मोटोपना घटाउने १५ उपाय :

१. मोटोपन घटाउन नियमित टाइमटेबल तथा सेड्युल तयार पारेर समय दिनु पर्दछ ।
२. सकेसम्म चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा खान त्याग्नुहोस् ।
३. नियमित झन् मोटाउदै जानु भएको छ भने उसिनेको खानेकुरा मात्र सेवन गर्नुहोस् ।
४. बाहिर होटल तथा रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड नखानुहोस् ।
५. एकै पटक धेरै खाने नगर्नुहोस् बरु थोरै थोरै तर धेरै पटक खानुहोस् ।
६. विहान विहान पैदल हिँड्न प्रयास गर्नुहोस् साथै हल्का कसरत पनि गर्नुहोस् ।
७. ओखर, दहि सेवन गरेमा पनि केहि हदसम्म मोटोपना कम हुन जान्छ ।
८. खानामा सकेसम्म बढि मात्रामा तरकारी र खाजामा फल खाने बानि बसाउनुहोस् ।
९. विवाहपछि महिलाहरु व्रत बस्ने गर्दछन्, धेरै व्रत बसेमा समेत मोटाउने गरीन्छ ।
१०. दैनिक गर्ने कार्य र खानाको समेत तय गरी सुचि बनाउने ।
११. विहान आधाघण्टा जगिङ्ग जाने वा वर्कआउट गर्ने ।
१२. आफ्नो वजन घटाउन पार्टनरबाट उत्प्रेरणा माग्ने ।
१३. नियमित रुपमा पहिलेका पहिरन लगाई आफुमा आएको परिवर्तन हेर्ने ।
१४. व्लड प्रेशर, सुगर लगायतका स्वास्थ्य समस्या नियमित परीक्षण गर्ने ।
१५. मोटोपना घटाउन खाना कम गर्ने र ब्यायाम ज्यादा गर्नुहोस् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : ४१ बजे

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क