कोरोना भाइरसबाट वुहानमा अमेरिकी नागरिकको मृत्यु « Khabarhub

कोरोना भाइरसबाट वुहानमा अमेरिकी नागरिकको मृत्यु


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– कोरोना भाइरसको महामारीका कारण अमेरिकी नागरिक मारिएका छन् ।

चीनको वुहान शहरमा बसोबास गर्ने ती ६० वर्षे अमेरिकी नागरिकको त्यहाँको जिन्यिन्तान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेइजिङस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको परिवारको गोपनियतालाई सम्मान गर्दै उनीबारे थप विवरण भने दूतावासले सार्वजनिक नगरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको लक्षण देखा परेपछि उनलाई अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।

त्यस्तै, वुहान शहरमै अर्का जापानी नागरिकको समेत मृत्यु भएको छ । जापानको विदेशमन्त्रालयलले ६० वर्ष उमेर समूहमा रहेका उनको कहिले मृत्यु भएको भन्नेबारे केही खुलाएको छैन । निमोनियाबाट पीडित ती जापानी नागरिकको पनि कोरोना भाइरसबाट नै मृत्यु भएको आशंका गरिएपनि उनीमा भाइरस देखिएको पुष्टि नभएको बताइएको छ ।

महामारीको रुप लिएको कोरोना भाइरसबाट चीनमा शनिबार ८६ जनाले ज्यान गुमाएका छन् । यससँगै कोरोना भाइरसबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या ७२२ पुगेको छ । त्यस्तै भाइरसको संक्रमण देखिएका मानिसहरुको सङ्ख्या पनि बढेको छ ।

शनिबार थप ३ हजार ३ सय ९९ जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखा परेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । यससँगै कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या चीनमा ३४ हजार ५ सय ५६ पुगेको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १ : २४ बजे

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र