थाइल्याण्डमा कोरोना भाइरसका ७ नयाँ संक्रमित | Khabarhub Khabarhub

थाइल्याण्डमा कोरोना भाइरसका ७ नयाँ संक्रमित


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्याण्डमा कोरोनाभाइरसका ७ नयाँ संक्रमित देखा परेका छन् । थाइल्याण्डको रोग नियन्त्रण विभागले जनाएअनुसार नयाँ संक्रमित ७ जनामध्ये ४ जना चिनियाँ पर्यटक र बाँकी ३ जना थाई नागरिक छन् ।

नयाँ पत्ता लागेका सबै ७ संक्रमित अस्पतालमा उपचाररत रहेको थाई अधिकारीले जनाएका छन् । ४ चिनियाँमध्ये तीन जना चिनियाँ संक्रमितको परिवारका सदस्यमा यसअघि भाइरसको संक्रमण फेला परेको र अर्का चिनियाँ संक्रमित चीनको ‘जोखिमपूर्ण क्षेत्र’ बाट आएको थाइल्याण्डको रोग नियन्त्रण विभागले जनाएको छ ।

त्यस्तै, नयाँ संक्रमित तीन थाई नागरिक मध्ये दुई जना चिनियाँ संक्रमितको संसर्गमा आएको र अर्का थाई संक्रमित भने चीनबाट उद्धार गरी ल्याइएको बताइएको छ ।

यससँगै थाइल्याण्डमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या ३२ पुगेको छ । संक्रमित ३२ मध्ये २३ जना चिनियाँ पर्यटक र बाँकी ९ जना थाई नागरिक छन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ३ : ०६ बजे

सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै

ब्रसेल्स, बेल्जियम – युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा