चीनबाट हङकङ जानेले दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने « Khabarhub

चीनबाट हङकङ जानेले दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङले घातक कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै चीनबाट आउने जो सुकैलाई दुई हप्ता क्वारेन्टाइनमा राख्न सुरु गरेको छ ।

चीनबाट हङकङ भ्रमणमा आउनेहरू होटेलका कोठामा वा सरकारले चलाएका केन्द्रहरूमा एक्लै बस्नुपर्नेछ । स्थानीय बासिन्दाहरू आफ्नै घरमा बस्नु पर्नेछ।

नयाँ नियम उल्लङ्घन गरेको पाइए जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने बताइएको बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच चीनमा कोरोना भाइरसका कारण एकजना अमेरिकीसहित ७२२ जनाको मृत्यु भएको छ । एकजना जापानीको पनि भाइरस सङ्क्रमणकै जस्तो लक्षणका कारण ज्यान गएको छ ।

६० वर्षीय अमेरिकी नागरिक पहिलो गैरचिनियाँ भाइरस सङ्क्रमितको वुहानस्थित अस्पतालमा बिहीवार निधन भएको थियो। बेइजिङस्थित अमेरिकी राजदूतावासका प्रवक्ताले त्यसको विस्तृत विवरण दिएनन् ।

त्यसैगरी जापानी विदेश मन्त्रालयले पनि ६० वर्ष नाघेका एक जापानीको वुहानमा मृत्यु भएको जनाएको छ। उनको निधन भाइरल न्यूमोनियाबाट भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चीनमा अहिलेसम्म ३५,५४६ लाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चीन बाहिर २५ देशमा २७० जनालाई उक्त भाइरस सङ्क्रमण भएको छ ।

एकजनाको हङकङमा र दोश्रो व्यक्तिको फिलिपिन्समा मृत्यु भएको छ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ६ : ४२ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई