चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु « Khabarhub

चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङ र आसपासको क्षेत्रमा शनिवार दिउँसो हावाहुरीसहित पानी आएको बेला परेको चट्याङमा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार तुलसीपुरमा एक महिला र एक बालिकाको चट्याङ लागेर मृत्यु भएको छ भने घोराहीमा एक बालकको चट्याङमा परी मृत्यु भएको छ ।

प्रहरीका अनुसार दिउँसो करीब १:०० बजे तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी गीता चौधरीको घरमा चट्याङले हानेको थियो ।

चट्याङमा परी उनकी सात वर्षीया छोरी सृष्टि र सोही ठाउँ निवासी ५४ वर्षीया लक्ष्मी आचार्य घाइते भएका थिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं ११ हापुर निवासी सूर्यबहादुर पुरीका आठ वर्षीया छोरा ताराको पनि मृत्यु भएको छ । आँगनमा खेलिरहेको अवस्थामा बालकलाई चट्याङले हानेर घाइते बनाएको थियो ।

बालकको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ६ : ५३ बजे

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा

अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरियो

धनगढी– धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

काठमाडौं– नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८–२०३२ अवधिका लागि

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ